Kanakai Online

धिमाल बने पूर्वकै बडीविल्डर


आइतवार, भदौ २५, २०७४ |

कनकाई समाचारदाता
बिर्तामोड, भदौ २५। झापाको बिर्तामोडमा भएको पूर्वाञ्चलस्तरीय प्रथम मिस्टर ग्यालेक्सी बडीबिल्डिङ प्रतियोगिताको उपाधि एरो फिटनेश दमकका विकास धिमालले जित्नुभएको छ  ।
झापा जिल्ला बडीबिल्डिङ एसोसिएसनको आयोजना तथा ग्यालेक्सी फिटनेस बिर्तामोडको संयोजनमा शनिबार बिर्तामोडमा भएको प्रतियोगितामा धिमालले उपाधिसगे ७५ हजार नगद, ट्रफी र प्रमाणपत्र हात पार्नुभयो  ।
त्यस्तै प्रतियोगिताको फष्ट रनर अप एनिटाइम फिटनेस धरानका अमृत सुन्दास हुनुभयो  उहाँले  नगद ५० हजार ट्रफी र प्रमाणपत्रपाउनुभयो । प्रतियोगिताको सेकेण्ड रनर अप एनि टाइम फिटनेस धरानका मनिष लिम्बूल  नगद ४० हजार, ट्रफी र प्रमाणपत्र पाउनुभयो  । त्यस्तै ग्यालेक्सी फिटनेस बिर्तामोडका चन्द्रकुमार लिम्बू थर्ड रनरअप हुनुभयो उहाँले उपाधिसँगै नगद ३० हजार  ट्रफी र प्रमाणपत्र  पाउनुभयो  , त्यस्तै ड्याजल जीम विराटनगरका प्रविन राजवंशी फोर्थ रनरअप घोषित हुनुभयो उहाँले २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो  ।
त्यस्तै सोही प्रतियोगितामा बेष्ट मस्कुलर मेनको उपाधि ग्यालेक्सी फिटनेस बिर्तामोडका चन्द्रकुमार लिम्बूले प्राप्त गर्नुभयो  भने बेष्ट पोजरको उपाधि ओसन फिटनेस इटहरीका मणिकुमार राईले हात पार्नुभयो लिम्बू र राईले उपाधिसँगै जनही नगद १०–१० हजार ट्रफी र प्रमाणपत्र हात पारेको आयोजक झापा जिल्ला बडीबिल्डीङ एसोसिएसनका अध्यक्ष रमेश चौधरीले जानकारी दिनुभयोनुभयोनुभयोनुभयोनुभयोनुभयोनुभयोनुभयोनुभयो  ।
प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजीमाथि तौल समूहमा सेलेक्सन राउण्ड गरी २५ जना खेलाडीहरुको छनौट गरिएको थियो । २५ जना खेलाडीमध्ये प्रत्येक तौल समूहबाट प्रथम हुनेलाई अन्तिम फाइनल राउण्डमा सहभागी गराइएको थियो । त्यस्तै प्रत्येक तौल समूहमा दोस्रो हुनेलाई नगद ५ हजार र तेस्रो हुनेलाई नगद  ३ हजार र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । प्रतियोगितामा झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, उदयपुरका ७० जनाभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।
अन्तर्राष्ट्रिय खेलाडी रामबहादुर दाहाल र करातेका अन्तर्राष्ट्रिय खेलाडी एस्तर राईलाई सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अमुख आतिथ्यता कृषि राज्यमन्त्री सरिता प्रसाईंको रहेको थियो ।

सम्बन्धित खबर