कनकार्ई अनलाईन
झापाको भद्रपुर निवासी देव परिवारद्वारा स्थापित सौतिक देव छात्रावृत्ति पुरस्कार वितरण कार्यक्रमका सम्पन्न गरिएको छ ।
सौतिक देवको १० औं स्मृति दिवसको अवसर पारेर सारदा आधारभुूत विद्यालय भद्रपुरको संयोजन तथा सौतिक देव स्मृति छात्रावृत्ति वितरण व्यावस्थापन समितिको आयोजनामा सो पुरस्कार वितरण गरिएको हो ।
श्रोत केन्द्र स्तरीय सामुदायिक विद्यालयहरु मध्येबाट उत्कृष्ट हुने विरेन्द्र मावि चन्द्रगढीमा अध्यानरत २०७३ सालको कक्षा ८ उत्र्रिण उत्कृष्ट ३ जना छात्र छात्रालाई सो छात्रावृत्ति वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले सर्वोत्कृष्ट हुने छात्र सुरेन्द्र शर्मा , आसुतोष पौडेल र छात्रा अनुसा बस्नेतलाई नगद पुरस्कार सहित छात्रावृत्ति प्रदान गरेका हुन् ।
सारदा आधारभुत विद्यालयकी प्रधानध्यापिका श्रीतीरानी देवले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा मेयर जिवनकुमार श्रेष्ठ ,उप मेयर चन्द्रमाया श्रेष्ठ, विरेन्द् माविका प्रचार्य टंकनाथ शर्मा पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियो । सोही अवसरमा नव निर्वाचित मेयर उपमेय सहितका वार्ड न. ६ का जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।
पत्रकार गोपाल गिरीले संचालन गरेको कार्यक्रममा स्वर्गिय सौतिक देवको वारेमा उनका आफन्त जोस्ना कुण्डुले प्रकाश पारेकी थिईन ।