सूर्यप्रसाद अधिकारी
सुरुङ्गा/जामुनवारी
पूर्वकै प्रसिद्ध तथा पर्यटकिय क्षेत्रका रुपमा प्रचलित सामुदायिक वनको रुपमा स्थापित जामुनबारी सामुदायिक वनको नयाँ नेतृत्व पनि ज्यार्दै रस्साकस्सीका विच चुनावी प्रक्रियाबाटै आउने भएको छ ।
नयाँ नेतृत्वमा लागि निर्वाचनको मिति यहि भदौ २७ गते पर्सी हुने ६ मुख्य पदका लागि हुने निर्वाचनमा १५ जना उम्मेद्धारले उम्मेद्धारी दर्ता गराएको निर्वाचन समितिका संयोजक रुद्रबहादुर बोहोराले बताउँनुभयो । अध्यक्षमा २ , उपाध्यक्षको २ पदका लागि सर्वाधिक ७ जना , सचिव एक पदमा २ सहसचिव एक पदमा २ र कोषाध्यक्ष एक पदका लागि २ जना प्रतिस्पर्धामा छन ।
कनकाई नगरपालिका अन्य संघसंस्थामा प्यानलै बनाएर चुनाव लडदै आएका यस क्षेत्रमा भने एमाले र कांग्रेसले आफना आफनै प्यानल बनाइरहदा अरु दल भने रमिता हेरेरै बसेका छन । यद्यपि ३ जना उम्मेद्धारले भने स्वतन्त्रका नाममा उपाध्यक्षको उम्मेद्धारी दिएका । अध्यक्षमा एमालेले रिषीकेश खतिवडालाई अघि सारेको छ भने कांग्रेसले ख्याम सिटौला संयोगनै भनै पेशाले दुवै पूर्व शिक्षकहुन । रिषिकेश अवकाश प्राप्त शिक्षक हुन भने सिटौलाले समेत चुनावी प्रायोजनका लागि उम्मेद्धारी दर्तागर्नु एकदिन पहिलेमात्रै जिललमा गएर राजीनामा दिएका हुन ।
यसरी जागिरै राजीनामा दिएर सिटौला चुनावमा उत्रिएपछि सामुदायिक वनको निर्वाचनमा सरगर्मी बढेको छ ।
उपाध्यक्ष २ पदका लागि एमालेवाट धननारायण श्रेष्ठ ( सुमन ) र दिलिप राइलाई उठाएको छ । कांग्रेसबाट नारद गिरी र टेकबहादुर खबासलाई अगाडि सारेको छ । स्वतन्त्रका तर्फवाट पुर्व उपाध्यक्ष गम्भिरकुमार राई , दिपक बोहोरा र अर्जुन गिरी चुनावी प्रतिस्पर्धामा रहेका छन । यसवर्षबाट महिला अनिवार्य बनाइएको सचिव पदमा एमालेवाट सोभा भण्डारी र कांग्रेसले मनिता राईलाई उमेद्धार बनाएको छ । महिलानै रहनुपर्ने सहसचिवको पदमा एमालेबाट सारदा वराल र कांग्रेसवाट कविता गिरीलाई अघि सारिएको छ ।
कोषाध्यक्षमा एमालेबाट प्रेमप्रसाद अधिकारी र कांग्रेसवाट बुद्धिमान बोहोरा चुनावी प्रतिस्पर्धामा रहेका छन । सदस्यको चुनाव भने पदाधिकारीको निर्वाचन सकिएपछि अर्कोचरणमा गरिने निर्वाचन समितिका सचिव दिनानाथ खतिवडाले वताए । निरन्तर ५ कार्याकाल सम्म यस वनको नेतृत्व परशुराम गिरीले गरेका थिए उनी हाल वडाअध्यक्षमा निर्वाचित बनेपछि यस वन नेतृत्वका लागि अरुलाई ढोका खुलेको हो । वर्षमै करोडौको बजेट बनाउने यस सामुदायिक वनको निर्वाचनलाई अन्यवनको भन्दा विशेष तरिकाले हेर्ने गरिएको छ । एकघर एकमत हालन पाइने यस वनमा कुल ७५४ मतदाता रहेका छन ।