Kanakai Online

झापा बजारमा रोटरी र नेपाली सेनाको स्वास्थ्य शिविर


आइतवार, भदौ २५, २०७४ |

कनकाई अनलाईन
झापा बजार स् साउन अन्तिम साता भएको अविरल वर्षापछि आएको बाढीका कारण झापामा सबैभन्दा
बढी प्रभावित झापा गाउँपालिकामा दोस्रोपटक बृहत स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

 
 
 
झापाका सबै रोटरी क्लव तथा नेपाली सेनाको संयुक्त आयोजनामा शनिबार साविक कुमरखोद गाविस, झापा बजारस्थित डिल्लीराज मावि परिसरमा आयोजित शिविरमा उपचार गराउन टाढा–टाढाबाट आएका बिरामी विहानैदेखि लामबद्ध थिए ।रोटरी क्लव अफ विर्तामोड मिडटाउन, रोटरी क्लव अफ विर्तामोड, भद्रपुर, काँकरभिट्टा, दमक, रोट्रयाक्ट क्लवहरु र नेपाली सेनाको कालीबहादुर गणले संयुक्त रुपमा व्यवस्थित ढंगले आयोजना गरेको स्वास्थ्य शिविरमा झापाका एक दर्जन विशेषज्ञ चिकित्सकहरुले विरामीको जाँच गर्नुका साथै निःश’ल्क औषधि वितरण गरिएको थियो ।
स्वास्थ्य शिविरका लागि एक्सेल डेभलपमेन्ट बैंक, नेपाल इञ्जिनियर्स एसोसिएसन, एनएमएसआरए मेची युनिटसमेतको सहयोग रहेको रोटरी क्लव अफ विर्तामोडका अध्यक्ष विनोद वस्नेतले जानकारी दिए ।
स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञहरु डा। लक्ष्मीप्रसाद मैनाली, डा। आनन्दराज खनाल, सर्जन डा। रामबाबु खड्का, बाल रोग विशेषज्ञ डा। टङ्कप्रसाद बाराकोटी, छाला रोग विशेषज्ञ हेमन्त राठी र सन्ध्या बगडियालगायतले बिरामीहरुको स्वास्थ्य जाँच गरेको रोटरी क्लव अफ विर्तामोड मिडटाउनका अध्यक्ष अरविन्द अग्रवालले बताए ।
शिविरबाट ४ सयभन्दा बढी बिरामीले सेवा प्राप्त गरेको रोटरियन नविन गानीले बताए । अपेक्षा गरेभन्दा निकै बढी बिरामी स्वास्थ्थ परीक्षण गर्न आउन’भयो, उनले भने तर, चिकित्सकको संख्या उल्लेख्य रहेको र औषधि पनि पर्याप्त रहेकोले समस्या भएन । शिविरमा काँकरभिाको मेची नेत्रालयले आँखासम्बन्धी सेवा पुर्याएको थियो भने नाक, कान घाँटी रोगको पनि उपचार सेवा उपलब्ध थियो
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहको समेत सक्रिय सहभागिता रहेको शिविरमा भद्रपुर रोटरीका अध्यक्ष सुरेशकुमार मित्तललगायतले सहयोगी भूमिका निर्वाह गरेका थिए । रोटरी केन्द्रबाट प्राप्त डेढलाख बराबरको औषधि र स्थानीय रुपमा जुटाइएको त्यति नै बराबरको औषधि वितरण गरिएको रोटरियन सन्तोष अग्रवालले जानकारी दिए ।
यसअघि पनि रोटरियनहरुले झापा गाउँपालिकाकै क’वाडीदेवीमा बृहत स्वास्थ्य शिविर आयोजना गरी सयौं बाढीपीडित रोगीहरुलाई स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

सम्बन्धित खबर