कनकाई अनलाईन ।
सत्य लक्ष्मी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० चन्द्रगढीको चौथो वार्षिक साधारण सभाको अवसर पारेर कनकाई साप्ताहिक तथा कनकाई अनलाईनका अतिचि सम्पादक दोर्ण अधिकारी सहित उत्कृष्ट ५ जनालाई सम्मान गरिएको छ ।
बचत तथा ऋण सहकारी संघ नेपालका केन्द्रीय सदस्य घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा सञ्चार क्षेत्रबाट उत्कृष्ट कार्य गरेको भन्दै पत्रकार द्रोण अधिकारीलाई सम्मान गरिएको थियो भने बचत कारोवार सम्मानबाट दिपेन्द्र भट्टराई, ऋण कारोवार विश्वनाथ अधिकारी, जेष्ठ सदस्य चन्द्रकान्त दाहाल र सहयोगी देवीप्रसाद रिजाललाई सम्मान गरिएको हो ।
कार्यक्रममा वैदिक बचतका मुरारी न्यौपाने, प्रकाश कृषि सहकारीका नरबहादुर मगर, साना किशान सहकारीकी देवीमाया अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वार्षिक गतिविधि अध्यक्ष पाण्डेले प्रस्तुत गर्दै ५४ जना शेयर सदस्य र ३ लाख २५ हजार ५ सय शेयर पूँजी विवरण प्रस्तुत गरेका थिए । उपाध्यक्ष दीपबहादुर राउतले स्वागत गरेको कार्यक्रममा दिपेन्द्र भट्टराईले गीत प्रस्तुत गरेका थिए भने कमल अधिकारीको सञ्चालन रहेको थियो ।
यसैगरी पूर्व कर्मचारी समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० को आठौ वार्षिक साधाराण सभा चन्द्रगढीमा सम्पन्न भएको छ ।
पूर्व न्यायधीस नारायणप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष उमेशचन्द्र ओलीले शेयर रकम र किस्ता रकम समेत जम्मा २३ लाख ४ हजार ९ सय पूँजी रहेको संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हालसम्म गरेका गतिविधिहरुका बारेमा प्रकाश पारेका थिए ।
सोही अवसरमा २०७३ सालको एस ई ई परीक्षामा संस्थाका शेयर सदस्य सन्ततीहरु मध्यबाट उत्कृष्ट छात्रा संस्कृति ढकाल र जेष्ठ सदस्य शेर बहादुर चौहानलाई सम्मान समेत गरिएको थियो । सचिव मिनप्रसाद पोखरेलको संचालन तथा उपाध्यक्ष सविता आलेको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ , लेखनाथ पुस्तकालय चन्द्रगढीका अध्यक्ष नवराज घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लि भद्रपुर ८ ले आफ्नो आठौं वाषर््िाक साधाराण् सभाको अवसर पारेर १६ जनालाई सम्मान सहित पुरस्कृत गरेको छ ।
चन्द्रगढीमा आज सम्पन्न सभामा निवृत्त सदस्य सम्मान कार्यक्रमबाट ११ जना, उत्कृष्ट सञ्चालक पुरस्कारबाट १ जना सहित उत्कृष्ट कारोबारी २ जना र सदस्य सन्तती पुरस्कारबाट २ जना समेत जम्मा १६ जनालाई सम्मान सहित पुरस्कृत गरिएको हो ।
जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको अध्यक्ष भलाकाजी कठेतले संस्थाको साँगठनिक प्रतिवेदन प्रस्तुत गर्दै २ सय ७० जना शेयर सदस्य सहित ३३ लाख ६७ हजार शेयर पूजी विवरण प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष गोकुलराज न्यौपानेले स्वागत गरेको कार्यक्रममा वाणिज्य बैंक भद्रपुर शाखा प्रबन्धक शान्ता वराल, सहकारी डिभिजनका निरीक्षक वशिष्ठ अधिकारी, वैदिक बचतका अरुण बस्नेत, प्रकाश कृषि सहकारीका चुडामणि मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए भने सञ्चालन सचिव मित्रबहादुर बस्नेतले गरेका थिए ।