Kanakai Online

बुधबारे जेसीजको जेसीज सप्ताह शुरु कृषिराज्य मन्त्री प्रसाईं सहित ११ लाई सम्मान, ३१८ जनाको स्वास्थ्य प्ररिक्षण, ८ जनामा पहिलो स्टेजको क्यान्सर


आइतवार, भदौ २५, २०७४ |

कनकाई अनलाईन
बुधबारे जेसीजले शनिबारदेखि जेसीज सप्ताह कार्यक्रम शुरु गरेको छ ।
पहिलो दिन जेसीजले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा क्याम्पबाट डाक्टर सहितको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर प्ररिक्षण तथा शंकर अस्पताल शनिश्चरेको डाक्टर सहितको प्राविधिक तथा औषधी सहितको फिजिसियन सेवा र कृषि राज्य मन्त्री सहित ११ जनालाई सम्मान गरेको छ ।
संस्थाका कार्यवहाक तथा निर्वतमान अध्यक्ष जेसी सेमन्त पोखरेलको सभापतित्व तथा मूल कार्यक्रम संयोजक जेसी मनेश दहालको संयोजकत्वमा शुरु भएको कार्यक्रममा कृषि राज्यमन्त्री सरिता प्रसाईंकोे प्रमुख आतिथ्यता रहेको थियो ।
जयपूर वहुउद्धेश्यीय सहकारी संस्था र एम्बीशन एकाडेमीको प्रायोजनमा भएको स्वास्थ्य शिविरमा ३१८ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । जसमा १६५ जनाको पाठेघरको मुखको क्यान्सरको परिक्षण भएको र ती मध्ये ८ जनामा पहिलो चरणको क्यान्सर देखिएको बुधबारे जेसीजका कार्यवहाक अध्यक्ष जेसी सेमन्त पोखरेलले जनाएका छन् । त्यस्तै १५३ जनाले फिजिसियन सेवा लिएका छन् ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सूर्य रिजाल, डा. दीपा शाह, डा. मनिष जैसवाल तथा शंकर हस्पिटलबाट डा. अशोककुमार शाहको टोलीले स्वास्थ्य प्ररिक्षण गरेका थिए ।
कार्यक्रम संयोजक जेसी दिपेन सिटौलाले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रममा उपाध्यक्ष जेसी ज्योति आचार्यले जेसीज आस्था पाठ गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाईंले बुधबारे जेसीजले स्वास्थ्य शिविर आयोजना गरेर पुन्यको काम गरेको बताएकी थिइन् । बुधबारे जेसीजले सामाजिक क्षेत्रमा गरेका गतिविधि प्रशंसनिय रहेको उनले बताइन ।
त्यस्तै कार्यक्रमका विशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले शुभकामना मन्तव्य राख्दै सामाजिक क्षेत्रमा क्रियाशिल बुधवारे जेसीजको गतिविधिबाट आफू खुसी भएको बताएका थिए । उनले जेसीजलाई समाज विकासका गतिविधिमा लागिरहन आग्रह गर्दै त्यसका लागि गाउँपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जेसीज सप्ताहको अवसरमा बुधबारे जेसीजले बुद्धशान्ति गाउँपालिकाकी युवा नेतृ सरिता प्रसाई कृषि राज्यमन्त्री भएकोमा कार्यकाल सफलताको कामना गर्दै सम्मान गरेको थियो भने गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मिरा भुर्तेल, वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार नेवार, वडा नम्बर २ का वडाध्यक्ष दिलीप श्रेष्ठ, ३ का वडाध्यक्ष कमलप्रसाद उप्रेती, ४ का वडाध्यक्ष बुद्धिमान लिम्बु, ५ का बासुदेव खतिवडा, ६ का शम्भुप्रसाद पौड्याल र ७ का वडाध्यक्ष मात्रृकाप्रसाद पौड्याललाई सम्मान गरेको थियो ।
त्यस्तै सोहि अवसरमा बुधबारे जेसीजका संस्थापक अध्यक्ष तथा विर्तामोड नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीलाई पनि सम्मान गरिएको बुधबारे जेसीजका महासचिव अनिल वाग्लेले जनाएका छन् ।
महासचिव अनिल वाग्लेले संचालन गरेको कार्यक्रममा बुधबारे जेसीजका सल्लाहकार संयोजक लयप्रसाद भण्डारी, सल्लाहकार सदस्य मुक्ति न्यौपाने, धु्रव ओली, रुद्र चापागाईं, अर्जुनधारा जेसीजका अध्यक्ष जेसी प्रल्हाद ढुंगाना, जयपूर वहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम भट्टराई, खड्ग प्रसाईं, दिनेश प्रसाईं, लक्ष्मी सुवेदी, नेत्र गौतम,गोपी न्यौपाने, इप्रका बुधबारेका प्रमुख खेमनारायण श्रेष्ठ, स्वास्थ्य चौकी बुधबारेका प्रमुख भोलानाथ अधिकारी, काजी श्रेष्ठ, कृष्ण फुँयल, निरज ओली, डिल्ली ओली, पत्रकार अमित खम्बु लगायतको आतिथ्य रहेको थियो ।
जेसीज सप्ताह अन्तर्गत बुधबारे जेसीजले स्लो मोटरसाइकल रेस, रक्तदान, स्वास्थ्य शिविर, दुर्घटना न्यनिकरणका लागि टफ्रिक जनचेतना मूलक कार्यक्रमको आयोजन गर्ने कार्यवहाक अध्यक्ष पोखरेलले जनाएका छन् ।
 

सम्बन्धित खबर