कनकाई अनलाईन
सुरुङ्गा । भदौ १७ गते । लियो क्लब अफ कनकाईले वाढीका वेला हुुनसक्ने रगत अभाव टार्ने उदेश्यले सुरुङ्गामा शनिवार रक्तदान संचालन गरेको छ ।
रक्तसंचार केन्द्र विर्तामोडको प्राविधिक सहयोगमा सुरुङ्गा चोकमा शनिवार गरिएको रक्तदानमा ९ महिला सहित ७० जनाले रक्तदान गरेका थिए । लायन्स क्लवको उत्तरधिकारीवाला संस्थाकारुपमा रहेको लियो क्लवको कार्यलाई कनकाई नगरपालिकाकी उपमेयर मन्जु प्रसाई , नेपाल रेडक्रस सोसाईटीका सभापति लोकराज ढकाल , लायन अजय अग्रवाल , वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया , लायन्स क्वका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया , वर्तमान अध्यक्ष सुरेन्द्र प्रधान लगायातले लियोको कार्यको प्रंशसा गर्नुभएको थियो ।
कार्यक्रम लियोका अध्यक्ष लोकेन्द्र (पंकज ) खडकाको सभापतित्व सचिव रविन गुप्ताको संचालनमा समपन्न भएको थियो । कार्यक्रममा सहभागिसवैलाई गिब्सन ढकालले धन्यावाद ज्ञापन गर्नुभएको थियो ।