Kanakai Online

कोकाकोला अन्तर विद्यालय कपको राष्ट्रिय प्रतियोगितामा झापाको चन्द्रज्योती छनौट


सोमवार, भदौ १९, २०७४ |

कनकाई अनलाईन ।
सुरुङ्गा , सनसनीपूर्ण विजय हासिल गर्दै झापा गाउँपालिका ६ शरणामतीमा रहेको चन्द्रज्योती माध्यमिक विद्यालय कनकाई नगरपालिका सुरुङ्गामा जारी देशकै प्रतिष्ठित कोकाकोला अन्तरविद्यालय पूर्वाञ्चल क्षेत्रिय छात्र फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
चन्द्रज्योती यस पहिले झापा जिल्ला प्रथम हुदै पूर्वाञ्चलको लागि छनौट भएको थियो । चन्द्रज्योतीले क्याटर फाईनलमा मोरङ विराटनगरको सत्यनारायण माविालाई २—१ गोल अन्तरले हराएर सेमि फाईनलमा पुगेको थियो भने सेमि फाईनलको चुनौती शरणामतीले ट्राईबेकरमा सुनसरीको महेन्द्र मेमोरियललाई पाखा लगाएको हो । खेल अवधिमा कुनैपनि गोल नभएपछि भएको पेलान्ती सुटआउटमा झापाको चन्द्रज्योती ४—२ गोलअन्तरले विजयी बनेको हो ।
चन्द्रज्योतीले पुर्वाञ्चल च्याम्पियान हुनका लागि आजको सेमिफाईनल खेलको विजयी टिमसग प्रतिस्पर्धा गर्दै छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम अनुसार राष्ट्रिय खेलकुद परिषदको समन्वयमा बोटलर्स नेपालको प्रायोजनमा यो प्रतियोगिता अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको हो ।
काठमान्डौमा हुने यो खेलमा हरेक विकास क्षेत्रबाट विजयी र उपविजयी हुने टिमले प्रतिस्पर्धा गर्न पाउछँन । फाइनल खेल गुमाएमा समेत कम्तीमा झापाको चन्द्रज्योती माध्यमिक विद्यालय पूर्वाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागि हुने छ । अघिललो संकरण समेत झापाकै दमकस्थित चुलाचुली बोडिङ स्कुलले विजयी हुदै राष्ट्रिय च्यामिपियान बनेको थियो ।
गत वर्षको साख वचाईराख्न समेत चन्द्रज्योती राष्ट्रिय प्रतियोगिताको च्याम्पियान बन्ने लक्ष्य सहित काठमान्डौ जाने चन्द्रज्योती वोर्डिस्कुल शरणामतीका पिन्सिपल मनोज ताम्लीले बताउँनुभयो ।

सम्बन्धित खबर