कनकाई अनलाईन ।
सुरुङ्गा । , भदौ १८ गते । गौरादह नगरपालिका ९ बैगुनधुरामा आइतबार विहान एक वयस्क चितुवा पासोमा परेको छ ।
गाउँमा धेरै गाइवस्तु तथा कुकुर खानथालेपछि नगरपालिका , जिल्ला वनको सक्रियतामा विश्वकै चाडो दौडने सो चितुवालाई पक्रन चियावगानमा ७ दिनपहिलेदेखि पासो थापिएको स्थानीय कृष्णप्रसाद गौतमले बताउँनुभयो ।
स्थानीय चियावगानमा दिनभरी लुकेर वस्ने र रातको समयमा गाउँमा पसेर गाईवस्तु खानथालेपछि स्थानीयवाशी त्रसित बनेका थिए । चितुवा डेढ महिनादेखिनै गाउँमा देखिन थालेको थियो ।
यसैविच पासोमा पारिएको सो चितुवालाई जिल्ला वन कार्यालय झापाले पत्रकारहरुको रोहवरमा कनकाई नगरपालिकास्थित जामुनवारी सामुदायिक वन तथा पर्यटकिय क्षेत्रको जिम्मा लगाएको छ । जामुनवारी सामुदायिक वन समुहले यसअघि समेत विभिन्न जंगली जनावरहरुको संरक्षण गर्दै आएको छ ।
सो चितुवालाई समेत विशेष खोर बनाइ सर्वसाधरणका लागि समेत अवलोकन गर्न मिल्ने बनाइने जामुनवारी सामुदायिक वन समितिका उपाध्यक्ष गम्भिरबहादुर राईले बताउँनुभयो । निक्कै आक्रमक देखिन चितुवालाई हाल भने पासोमै राखिएको छ ।
फोटो ः पासोमा परको चितुवा ः लीलाराज झापाली