कनकाई अनलाईन
सुरुङ्गा , भदौ १६ गते । अखिल नेपाल फुटबल संघको आयोजनामा झापाको सुरुङ्गामा जारी कोकाकोला कप अन्तर विद्यालय पूर्वाञ्चल क्षेत्रिय छात्रको छनौट खेलमा शुक्रवार भएको दुई खेलमा झापाको चन्द्रज्योती मावि र सुनसरीको महेन्द्र मेमोरीयल बोर्डिङ स्कुल आआफनो खेलमा विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेका छन ।
कनकाई माविको खेल मैदानमा संचालित प्रतियोगितामा झापाको चन्द्रज्योतीले मोरङको सत्यनारायण मावि विराटनगरलाई २—१ गोल अन्तरले पराजित गरेको थियो । चन्द्रज्योतीको तर्फबाट अनिस खडका र विजय टुडुले १÷१ गोल गरेभने सत्यनारायणको तर्फबाट मुकेश मुर्मुले १ गोल गरे ।
यसैगरी शुक्रबारनै भएको दोस्रो खेलमा सुनसरीको महेन्द्र मेमोरीयलले सिराहको प्यारागन माविलाई २—० गोल अन्तरले पराजित गरेको छ । सुनसरीका तर्फबाट अविन राई र नविन खडकाले १÷१ गोल गरे ।
प्रतियोगितामा छात्रतर्फका ६ जिललाका ८ टिम र छात्राको ४ जिललाको ४ टिमको सहभागिता रहेको छ । जसमा छात्रमा झापाको चन्द्रज्योती मावि झापागाउँपालिका शरणामती सहित मोरङ्गका २ विद्यालय , सुनसरीका २ विद्यालय सिराह , सप्तरी र उदयपुरको १ विद्यालय सहभागि छन भने । छात्रातर्फ झापाको महारानीगन्ज मावि सालवारी सहित मोरङ्ग , सुनसरी र सिराहको टिम सहभागि रहेको छ ।
प्रतियोगितामा विजयी तथा उपविजयी हुने टिमले काठमाण्डौँमा हुने कोकाकोला अन्तरविद्यालय फुटबल प्रतियोगितामा सहभागिता जनाउनेछन ।