सुरुङ्गा , भदौ १४ गते । कोकाकोला अन्तर विद्यालय फुटवल प्रतियोगिताका लागि झापाबाट छात्रबाट चन्द्रज्योती अंग्रेजी विद्यालय झापा गाउँपालिका शरणामती र छात्रावाट महारानीगंन्ज मावि शनिअर्जुन नगरपालिका सालवारी छनौट भएका छन ।
बुधवार आज कनकाई नगरपालिका सुरुङ्गामा सम्पन्न छनौट खेलको फाईनलमा चन्द्रज्योती वोडिङ्ग स्कुल शरणामतीले जनता मावि शनिअर्जुनलाई १—० गोलअन्तरले हराउर्दै प्रथम हुदै क्षेत्रिय प्रतियोगिताका लागि छनौट बनेको थियो भने महारानीगंन्ज माविले समेत जनतामाविकै महिला टिमलाई २—१ गोलअन्तरले पराजित गर्दै पहिलो बन्न सफ लबनेका हो ।
चन्द्रज्योतीका तर्फबाट एकमात्र गोल यादव कटुवालले गरेका थिए भने महारानीगंन्ज माविका तर्फबाट दुवैगोल माल्लिका मगरले गरिन जनतामाविको तर्फवाट एकगोल पुर्णिमा गजमेरले गरिन ।
विजयी तथा उपविजयी हुने टिमलाई जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ्ग , महासचिव केशव दाहाल , वरिष्ठ फुटवल प्रशिक्षक सन्त रायमाझि , नेपाल पत्रकार महासंघ झापाका सदस्य लीलाराज झापाली लगायातले शिलड तथा मेडल प्रदान गर्नुभएको थियो ।
झापा जिलला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा २४ छात्र तथा ७ विद्यालयलले छात्राको टिम सहभागि रहेको थियो । क्षेत्रिय छनौट वाट समेत विजयी हुने छात्र छात्राको टिमले काठमाण्डौँमा आयोजित राष्ट्रिय प्रतियोगितामा सहभागि बन्ने छन । गतवर्ष समेत झापाको चुलाचुली वोर्डिङ्ग स्कुलले राष्ट्रिय च्याम्पियन बनेको थियो ।