कनकाई अनलाईन
झापाको मध्यभाग सुरुङ्गाबाट प्रकाशित कनकाई साप्ताहिक तेस्रो बर्षमा प्रवेश गरेको छ ।
सुरुङ्गाबाट तीनवर्षपहिलेदेखि प्रकाशन शुरु गरेको कनकाई साप्ताहिकले अघिल्लो वर्षदेखि देश तथा विदेशमा रहनुहुने नेपालीको सुचनाको भोकलाई मेटन अनलाईन पत्रिका कनकाई अनलाई समेत शुरु गरेको छ ।
तेस्रो वर्ष प्रवेशको अवशरमा कनकाई साप्ताहिकका समपादक प्रकाशक तथा कनकाई अनलाईनका समपादक लीलाराज झापालीले सम्पुर्ण ग्राहकवर्ग , पाठक , सुभेच्छुक सुभचिन्तक , विज्ञापनदाता , लेखक , पत्रकार , कर्मचारीवर्ग तथा वितरकसबैमा हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्नुभएको छ । साथै आगामी दिनमा कनकाई साप्ताहिक तथा अनलाईनलाई थप व्यावस्थित र परिस्कृत गर्दै लैजाने तथा आगामी दिनमा कनकाई मिडिया गु्रप बनाई सुरुङ्गाबाटै रेडियो समेत संचालन गर्ने घोषणा गर्नु भएको छ ।