Kanakai Online

कनकाईका वाढी पिडितलाई निमोनियाको समस्या


शुक्रवार, भदौ ९, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा ।  , भदौ ९ गते । लामो समयदेखि वाढीवाट प्रभावित भएर कष्ट्रकर जिवन विताउँदै आएका झापाका वाढीपिडितहरुमा निमोनिया र भाइरल ज्वरोेको समस्या देखापरेको छ । शुक्रबार कनकाई नगरपालिका ७ मा वाढीपिडितहरुका लागि एकदिने निशुल्क स्वास्थ्य शिविर राखिएको छ ।
स्थानीय टोलसुधार समिति कनकाई ७ को संयोजन तथा  प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरुद्धारा आयोजना गरिएको स्वास्थ्य शिविरमा एकसय जना विरामीको स्वास्थ्य परिक्षणगर्दा सवैभन्दा वढी वालवालिका तथा वृद्धवृद्धाहरुमा समेत धेरैमा यस रोगको समस्या देखापरेको प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाका प्रमुख डाक्टर दुर्योधन यादवले बताउँनुभयो ।
सामान्य विरामीलाई अवस्था हेरेर औषधि दिएपनि धेरै विरामीलाई हामीले अस्पतालमा आउन भन्यौ तर धेरै गाँसवास विहिन विरामीहरु अस्पतालमै नआउने सम्भावना छ यादवले भन्नुभयो । वाढी पिडितहरु सानो ठाउँमा धेरैजना कोचिएर वस्ने तथा घरमै फर्किएकाहरुपनि सरसफाई र पिउनेपानीका कारण धेरैरोगहरु फैलिएको यादवले वताउँनुभयो ।
स्वास्थ्य शिविरको उदघाटन कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गर्नुभएको थियो । स्वास्थ्य शिविर उदघाटन गर्दै मेयर पोखरेलले वाढीपिडितहरुका लागि घर निर्माण तथा दिर्घकालिन समस्या समाधानका लागि कनकाई नगरपालिकाले कुनै कसर वाकी नराख्ने बताउँनुभयो ।
सो अवशरमा कनकाई नगरपालिकाका ७ नम्बरका वार्डअध्यक्ष लीलाबहादुर कन्दङबा , ३ का रुद्रप्रसाद चिमरिया २ का परशुराम गिरी , समाजसेवी यादव उप्रेती , लगायातले वाढीपितिको पिडामा सवैले साथ दिने वताउँनुभयो कार्यक्रम कालीमुढा टोल सुधार समितिका अध्यक्ष तथा संचारकर्मी राम निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर