कनकाई अनलाईन ।
सुरुङ्गा , भदौ ९ गते । सामाजिक संजाल फेसबुकमा संजालमा आवद्ध योङ्गस्टार ग्रुप वाईआरआर नामक फ्रेन्डस पेजका फेसबुक प्रयोगकर्ताहरुले फेसवुकबाटै आर्थिक सहयोग संकलनगरि झापा कनकाई नगरपालिकाका २२ घरपरिवार वाढी पिडितलाई राहत सामाग्री प्रदान गरेका छन ।
वाढी आएकै दिनदेखि सामाजिक संजालमा आवद्ध युवाहरुले देश तथा विदेशमा रहने फेन्डस पेजमा आवद्ध युवाले विपतका वेला सामाजिक संजालबाटै सहयोगका लागि अपिल गरेको र स्वदेश तथा विदेशबाट ७९ हजार रुपैँया संकलन गरि अत्यावश्यक सामाग्रीहरु दाल , चामल , ढसना ,आलु , नुन , दन्तमन्जन , भाडाकुडा , पुस्तक लगायातका सामान वितरण गरिएको मुख्य अभियान्ता रोषन पोखरेलले बताए ।
उनीहरुले शुक्रवार कनकाई नगरपालिका ७ कालीमुडाका सुरुङ्गा खोलाले घर खेत वगाएर कष्टपूर्ण जिवन विताइरहेका घरपरिवारलाई घरमै पुगेर यी राहत सामाग्री वितरण गरेका हुन ।
राहत वितरणमा कनकाई नगरपालिकाका वाडअध्यक्षहरु परशुराम गिरी रुद्रप्रसाद चिमरिया लगायातले युवाको यस कार्यले सामाजिक संजाललाई सदुपयोग गर्न जानेमा समाजमा धेरै राम्रो योगदान गर्न सकिने नमुना प्रस्तुत भएको वताउँनुभयो ।
कार्यक्रममा वोल्दै अथितिद्धयले युवाको कामको खुलेर प्रशंसा गर्दै अव भने देशका नेताले पनि युवाको कामबाट सिक्नुपर्ने बताउनुभयो । यस सोशल मिडिया ग्रपमा झापादेखि महाकाली सम्मका देश विदेशमा रहने युवाको समुह रहेको छ ।
ग्रुपमा रोषन पौडेल , पुनम राई , कवि प्रसाई (सुरुङ्गा ) कुसुम खतिवडा , सितल बस्नेत , पवन कोइराला , युवराज अधिकारी , राजेन्द्र उप्रेती , रोहीत कोइराला , दिपक दास लगायातको सहभागिता रहेको छ ।