कनकाई अनलाईन ।
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा शुक्रवार श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान र सासुलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पाचथर घर भइ झापा सुरुङ्गा डेरा गरि बस्ने वर्ष २० कि शर्मिला माझीको आफनै श्रीमान करिव २० वर्षिय सविन माझी र सासु करिव ४० वर्षिय सारदा माझीले हत्या गरेर घरछेउकै बकाइनोको रुखमा झुण्डाएको आरोप छ ।
विहान ५ बजे स्थानीयले शर्मिलाको बकाइनोको रुखमा सलको पासो बनाएर झुण्डाएको अवस्थामा शव देखेर प्रहरीलाई खबर गरेका थिए । ५ फुट ४ इन्च अग्लो स्थानमा झण्डिएकी सर्मिलाको शव वसेको अवस्थामा भेटिएको थियो ।
मृतकको शरिरभरी रगत र घाउ देखिएको तथा मृतकको उचाइपनि ५ फुटनै रहेकोले उनको हत्या गरी झुण्डाएको भन्दै स्थानीयले श्रीमान र सासुलाई कुटपिट गर्न खोजेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको छ । तर घटनावारे पोस्ट म्याटमरिर्पोट हेरी अनुसन्धान गरेपछिमात्र थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।
यता घरका सवैलाई प्रहरीले पक्राउ गरेपछि शर्मिलाको सदगद र अन्य कुरा गर्नसमेत समस्या भएको छ । करिव २ वर्ष पहिलेमात्रै आफनै नाताभित्र जुन माझि जातिय संकारका लागि मान्य छ विवाह बन्धनमा वाधिएका यी जोडीमा विहेदेखिनै खटपट रहेको आफन्तहरुनै बताउँछन । समान उमेरका दुवै जना एकअर्काले अरुनै मान्छेसग लागेको आरोप लगाउदै आएको उनीहरु निकटकाको भनाइ छ । श्रीमान सविन सुरुङ्गाकै एक पेट्रोल पम्पमा काम गर्दै आएका थिए ।
केहिमहिना पहिले मृतक शर्मिला समेत एक होस्टेलमा लुगाधुने काम गदैै आएकी थिइन । श्रीमान श्रीमती भन्दापनि सासु र बुहारीविच प्राय झगडा परिरहने गरेको स्थानीयको भनाइ छ जुन कोठामा भाडामा वसेका थिए सो घरमा समेत माझि परिवार आएको १ महिनापनि भएको थिएन ।
तर सासु सारदाले भने आफुले वेलुकी वढी मदिरा पिएर सुतेकाले केहि थाहा नभएको वताइन उनी मानसिक रुपमा समेत रोगी रहेको वताइएको छ । सासु छोरा र बुहारी एउटै कोठामा बस्दै आएका थिए । यो समाचार तयार पार्दा अहिले मृतकको शवलाई पोस्टम्याटमका लागि भद्रपुर लगिएको छ भने माइतीपक्ष पाचथरबाट बाटामा आउदै गरेको बुझिएको छ ।
मृतकको शरिरभरी रगत र घाउ देखिएको तथा मृतकको उचाइपनि ५ फुटनै रहेकोले उनको हत्या गरी झुण्डाएको भन्दै स्थानीयले श्रीमान र सासुलाई कुटपिट गर्न खोजेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको छ ।