Kanakai Online

अध्यक्षको तलवभक्ता गरिवका छोराछोरीको शिक्षामा खर्चने छु – ख्याम ओली


बिहिवार, भदौ ८, २०७४ |

आगामी भदौ १० गते नेपालकै पूरानो सामुदायिक वन कनकाई सामुदायिक वनको निर्वाचन हुदै छ ।
सुरुङ्गामा अस्तित्वमा रहेका माले वाहेक सबैदल र स्वतन्त्रका विचमा चुनावी प्रतिस्पर्धा भइरहेको छ । कनकाई नगरका सवै दलको समर्थनमा उम्मेद्धारी दिएका ख्याम ओलीका कुरा ।
खेम ओली (४५ ) कनकाई नगरपालिका ३ मा बस्छन झापाकै नाम चलेको होटल डिलाईटका संचालक हुन उनी । उनी युवापुस्तामाझ निक्कै लोकप्रिय मानिन्छन । कनकाई उवासंघ र होटल व्यावसायी संघका समेत सचिव छन भने कनकाई सामुदायिक वनका हालका सहसचिव रहेका छन । उनी आफनो उममेद्धारीका वारेमा ओली भन्छन ।
मैले कनकाई सामुदायिक वनमा सहसचिव चलाईसकेको छु । निश्चयपनि पदाधिकारीमा वसेर कार्यकाल पुरा गरेपछि एकपटक अध्यक्ष बन्ने इच्छा सबैको हुन्छ । मैले यस सामुदायिक वनमा लेखा , गरिबी निवारण , नश्लसुधार , लगायातका कार्य गरेको छु म आफैँ संयोजक भएर बाख्रा वितरण गरेको छु ।
कनकाई नदिमा कटान भएको आगलागि भएका वेला आफनो क्षमता र उपभोक्ताको समेत साथ लिएर स्पोर हाल्ने काम गयौँ आगलागि नियन्त्रणका काम गरयौ ।सामुदायिक वनमा तारघेरा लगाउने काम गरयौ ।
हामीले मैले चार वर्षको कार्यकालमा धेरैकामहरु सिके वन जोगाउन रुख रोप्न र सामुदायिक वनलाई उपभोक्तासग प्रत्यक्ष जोडनका लागि मैले मेरो टिमले जेजति सके त्यो सवैले देख्नुभएकै छ । हामीले धेरैकुरा गर्नपनि सकेका छैनौ मेरो नेतृत्वमा वनमावैज्ञानिक वृक्षरोपण गर्ने छु ।  सामुदायिक वनको जुन कमपाउण्ड छ त्यसलाई दिर्घकालिन कमपाउण्ड बनाई आय आर्जनका लागि तथा यहाका युवालाई रोजगारीका वाटाहरु बनाइदिन सक्छौ पार्कहरु निर्माण गर्न सक्छौ ।
त्यो काम म गर्ने छु । वनभित्र रहेका गोसखान वजार , पशुहटिया छ तिनिहरुलई थप व्यावस्थित गरेर वनलेनै आमदामीको राम्रो माध्यम बनाउन सक्छ । हामीले संचालन गरिरहेको कनकाई सहकारी समेत छ त्यसलाई समेत गरिबी निवारणका लागि सहयोग गर्ने तथा जसले कनकाई सामुदायिक वनका उपभोक्तामध्ये  व्याक्तिगत वन वनाउन चाहन्छ उसलाई सहुलियत दरमा कनकाई सहकारी बाट रिण उपलब्ध गराएर वृक्षरोपणमा समेत उपभोक्तालाई प्रोत्साहित गर्ने लक्ष्य छ । सामुदायिक वनका बाटो उत्तर र दक्षिण दुवैखण्डमा  हामीले साइन्स पार्कको अवधारणा ल्याएका छौ ।
धनुषकोटीदेखि कोटीहवनसम्म पर्याटकिय ट्रायक खोल्ने त्यो भीत्र पार्क निर्माण गर्ने , बाटो दक्षिणको क्षेत्रमा वनको सिमामा रहेको अग्निपथलाई थप स्तरउन्नति गर्ने त्यस स्थानमा ठाउठाउँमा बाटिका वनाएर सुरुङ्गाकै मुहार फेर्ने तथा आर्थिक कुरामा समेत जोडने हाम्रो लक्ष्य रहेको छ । कनकाइको  ४ नम्बर वार्ड सबैभन्दा पिछाडिएको क्षेत्र छ त्यो स्थानलाई समेत प्रमोट गरेर लैजाने मेरो लक्ष्य छ ।
साच्चैका गरिव परिवारहरुलाई एउटा तालिम भवनहरु बनाएर विभिन्न किसिमका तालिमहरु निशुल्क रुपमा प्रदान गर्ने त्यो कामहरु हामीले अगाडि गर्न सकेनौ अव मेरो कार्यकालमा गर्ने लक्ष्य राखेका छौ । हामीसग वन सम्बन्धि पुस्तकालय छैन नेपालकै पूरानो वनको इतिहास हामीसग छ तर एउटा गतिलो दस्तावेज वा पुस्तकालय हामीसग छैन एउटा पुस्तकालय खोल्ने लक्ष्य रहेको छ ।
पूरानै चलनचल्तीबाटै हामीले कार्यालय संचालन गरिरहेका छौ तर अव यसरी हुर्दैन अव वैज्ञानिक प्रणालीबाट लेखा राख्नुजरुरी छ । वनहेरालुलाई पनि सेक्रेटरी सम्बन्धि तालिम दिने ।
अर्कोकुरा हामीले सामुदायिक वनले काठ वितरण गर्ने देखि वृक्षरोपण लगायातका कुनैपनि गतिविधिहरु हामीले उपभोक्तालाई जानकारी दिन सकिरहेका छौनौ त्यसका लागि हामीले संचारमाध्यम तथा आफनै सामुदायिक वनको पेज बनाएर सवैकुराको जानकारी गराउने लक्ष्य राखेका छौ ।  ९० हजार क्यीफिट काठ हामीले काटनै पर्ने काठ छन जुन वनमै लडिरहेका छन कुहिएर गइरहेका छन त्यी काठ झिक्नकालागि हामीले वन मन्त्रालय , नेपाल सरकार , वन कार्यालयसग समन्वय गर्नुपर्ने छ जुन कामका लागि राजनैतिक दलको समेत हामीलाई थप मद्धत चाहिएको छ ।
अघिल्लो कार्यकालमा कुनैपनि दल जहिलेपनि बाहिर रहने हुदा यी काम चाहेरपनि हामीले गर्न नसकिरहेको थियो अव सबै दल मिलेका छौ हामीलाई नागरिक समाजको पनि साथ सहयोग रहेको छ ।
त्यसैले पनि मेरो अध्यक्ष पदमा उम्मेद्धारी परेको हो । मपनि संस्थामा राजनितिहुनुहुदैन भन्ने पक्षधरकोव्याक्ति हु । यहाँ राजनिति भएजस्तो लाग्दैन किनभने सवैदल मिलेर जानुभनेको राजनिति हैन सवै पक्ष मिल्नुभनेको राजनिति हैन बरु चुनावमा जानु चुनावै गराउनुचाहि राजनिति गर्नु हो भन्ने मेरो बुझाई छ ।
मेरो विपक्षी प्यानलमा रहनेहरुपनि सवैजना पहिले कुनै न कुनै पार्टीमा रहीसक्नु भएको पार्टीले वनमा उठाएन भनेर वार्टीसग समन्ध विच्छेद गर्नुभएकाहरु हुनुहुन्छ कृपया उहाँहरुले पार्टीलाई सत्तोसराप गर्नुभन्दा मपनि कुनै पार्टीकै आड भरोसाकै कारण यो स्थितिमा पुगेको भन्नेकुरा बुझिदिए हुनेथियो ।
पार्टी स्वतन्त्र हामी सवै एक हौ तर उहाँहरुले मुलुक चलाइरहेका सबै दलहरुलाई बाहिर राखेर आफुमात्रै अगाडि वडने ब्याक्तिवादी  सोच राखेको पाइयो । जे भएपनि मेरो विजयी पछि पनि मेरा प्रतिस्पर्धी नातामा मेरो काका हुनुहुन्छ उहाँको हरेक सल्लाह लिएर म अगाडि वढनेछु । सम्पुण पत्रकार मित्रहरु संघसंस्थाका प्रतिनिधि सबैको साथ सल्लाह लिएर अगाडि वढने छु ।
म एक्लै होइन मेरो पछाडि सिङगो कार्यसमिति छ , समपुण देश चलाउने दल हुनुहुन्छ । उहाँहरुले सल्लाहसुझावकासाथमा अगाडि वढनेछु । मैले यस वनमा सहसचिवमा प्रवेश गर्दा कहिलेपनि स्वास्र्थ लिएर प्रवेश गरिन र अवपनि गर्दिन मेरो वनसमितिको अध्यक्षबाट जुन पारिक्षमिक आउँछ त्यो एकरुपैँयापनि म लिन्न त्यो पैँसालाई अलग्गैँ खाता खोलेर अक्षयकोष बनाएर गरिव पढाउनै नसक्ने उपभोक्ताका छोराछोरीको शिक्षामा सवै रकम म सहयोग गर्ने कुरा समेत म यसरी घोषणा गर्दछु ।
यसरी मैले जित्दैगर्दा धेरै वालवालिकाहरुले समेत शिक्षामा सहयोग पाउनेकुराको पनि जानकारी गराउँछु । म एक युवा भएको नाताले पनि मलाई यो समाजप्रति वढी जिममेवारी छ । म वनमा रहदा पनि नरहदा पनि मेरा हरेक पल पल वनविकासका लगाउँछु समाज विकासमा लगाउँछु । रात साँझ केहि नभनी २४ घण्टा म लागिरहन्छु ।
मैले जितेभने पहिलो परिवर्तन मेरै कार्यालयबाट सुरु गर्छु कार्यालय संचालनको सिस्टम पूरै चेन्ज गर्छु । घेरावार अत्यावश्यक छ म वनको घेरावारा र वृक्षरोपणमा ध्यान दिन्छु सिंगो टिम उपभोक्ता परिचालन छु ।
मेरो प्रतिस्पर्धी नातामा काका पर्नु हुन्छ म छोरो हु उहाँले यस अघि पनि अध्यक्ष चलाउनुभएको छ उहाँले सिकेका ज्ञानलाई हामीजस्तो युवालाई सिकाएको भए राम्रो हुनेथियो मैले जितेमा काकाको सहयोग सल्लाहलिन्छु हारेमापनि युवाको नाताले म उहाँका हरेक काममा सहयोग गर्ने प्रतिवद्धता जनाउँछु ।
 
मैले कनकाई सामुदायिक वनमा सहसचिव चलाईसकेको छु । निश्चयपनि पदाधिकारीमा वसेर कार्यकाल पुरा गरेपछि एकपटक अध्यक्ष बन्ने इच्छा सबैको हुन्छ ।
 
प्रस्तुती / कनकाई अनलाईन डेक्स