Kanakai Online

कनकाईका दुई बनमा रोमान्चक प्रतिस्पर्धा कनकाई वनमा दल र स्वतन्त्रविच भीडन्त हुदैँ


बुधवार, भदौ ७, २०७४ |

आइपी भट्टराई ।
कनकाई नगरपालिकाको सुरुङ्गा नगरीलाई यतिवेला फेरि चुनावी रन्कोले छोपेको छ । नेपालकै तराईको जेठो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुह र सुरुङ्गाकै अर्को वर्षमै लाखौ पर्यटक भित्राएर चर्चित बनेको जामुनवारी सामुदायिक वन उपभोक्ता समुहमा हुनलागेको निर्वाचनले सवैको ध्यान तानेको छ ।
आगामी भदौ १० गतेहुने कनकाई सामुदायिक वनको निर्वाचनमा नेकपा माले वाहेकका सुरुङ्गाका सवै अस्तित्वमा रहेका दलहरुले गठबन्धन गरेर नेपालमै एकताको शन्देश दिएका छन ।
सुरुङ्गामा अस्तिवमा रहेका ठुलादेखि सानादलहरु मिलेर साझा उममेद्धारी घोषणा गरेका हुन । नेकपा एमालेको नेतृत्वमा कनकाई सामुदायिक वनमा कांग्रेस , माओवादी केन्द्र , राप्रपा , संघिय समाजवादी , लगायातका सवै दलका तर्फबाट अध्यक्षमा खेम ओली (एमाले ) उपाध्यक्षमा ललितबहादुर कार्की ( माओवादी केन्द्र ) सचिवमा मान्ता खरेल (नेपाली कांग्रेस ) सहसचिवमा खडगबहादुर कुमाल ( संघिय समाजवादी फोरम ) र कोषाध्यक्षमा प्रकाश थापा ( राप्रपा) लाई उठाएको छ ।
सवै दलमिलेर पटकपटकको वैठकपछि यो समिकरण मिलेको हो । तर सुरुङ्गाका दलवाहिर रहने अन्यले समेत वनमा राजनैतिक हस्तक्षेप भयो भन्दै कुनैपनि दलमा नरहेका स्वतन्त्र व्याक्तिहरुले समेत निर्वाचनमा अलग्गै प्यानलै खडा गरेर निर्वाचनमा होमिएपछि अन्ततः कनकाई सामुदायिक वनमा निर्वाचनको वातावरण बनेको हो ।
साझा स्वतन्त्र प्यानलमा अध्यक्षमा नारायणप्रसाद ओली उपाध्यक्षमा टंकप्रसाद सुवेदी सचिवमा अम्बिका  सुवेदी , सहसचिवमा श्रीप्रसाद खरेल र कोषाध्यक्षमा सुरेशकुमार गुरुङ्गले उममेद्धारी दिएका छन ।
अध्यक्षका उमेद्धार नारायण ओली यसअघि समेत कनकाई सामुदायिक वनको अध्यक्ष चलाइसकेका छन भने हाल सामुदायिक वन जिल्ला महासंघको सल्लाहकार समितिमा रहेका छन ।
आफुले पहिले अध्यक्ष चलाउदा देशको अवस्था ज्यादै जटिल रहेकाले आफना योजनाअनुसार काम गर्न नपाएको भन्दै पुन अध्यक्षमा उममेद्धारी दिनुपरेको अध्यक्षका उममेद्धार नारायण ओलीले बताए ।
उनले सुरुङ्गामा दलको दादागिरी तोडनसमेत आफु निर्वाचनमा होमिएको प्रतिकिर्या दिएका छन । यसैगरी उपाध्यक्षका उम्मेद्धार टंक सुवेद ीभर्खरैमात्र नेपाली कांग्रेस पाटी परित्याग गरेका व्याक्ति हुन उनले कांग्रेसले स्थानीय निर्वाचनमा उठाएका उममेद्धारका विषयमा असन्तुष्टि राख्दै कांग्रेस छाडेका हुन ।
सचिवमा उमेद्धारी दिने अम्बिका चापागाईले भने कनकाई सामुदायिक वनमा निर्वाचनमा उठनैका लागि नेकपा माओवादी केन्द्र परित्याग गरेकी छिन । उनी पाटीमा नगर सदस्य तथा अखिल महिला संघ क्रान्तिकारीकी कनकाई नगर उपाध्यक्ष रहेकी थिइन । सहसचिवका उममेद्धार श्रीप्रसाद खरेल नेकपा मालेका कार्यकर्ता हुन ।
यसैगरी कोषाध्यक्षका उम्मेद्धार सुरेशकुमार गुरुङ्ग माओवादीका पुर्व कार्यकताहुन उनी समेत स्थानीय निर्वाचनका वेला माओवादी पार्टी छाडेका थिए ।
सयुक्त दलहरुका तर्फबाट उममेद्धारी दिने खेम ओली कनकाई सामुदायिक वन समुहका वहालवाला सहसचिव हुन । उनी कनकाई सामुदायिक वनको गरिबी निवारण नश्ल सुधार लगायातमा संयोजक छन ।
युवा व्यावसायी समेत रहेका ओली होटल व्यावसायी संघ सुरुङ्गा तथा कनकाई उद्योग वाणिज्य संघका समेत सचिव हुन तर उनी वनमा निर्वाचित बनेपछि अन्य संघ संस्थामा पदको लोभ नगर्ने घोषणा गरेका छन ।
उनले सवैदल तथा वुद्धिजिविहरुले सर्वसम्मत गरिसकेर सुरुङ्गाको एकताको शन्देश विश्वलाई दिने कार्य केहि सिमित व्याक्तिको पदलोलुपताका कारण सफल हुन नसकेको ओलीले बताए ।
दलिय परिपाटीले मुलुक चलेको भन्दै सामुदायिक वनलाई सरकारसग समन्वय गर्न समेत दलको जरुरी रहेको वताए । यसैगरी उपाध्यक्षका उममेद्धार ललित कार्की नेकपा माओवादी केन्द्रका वार्ड सचिव हुन कार्कीको परिवारनै भुमिगत कालदेखिनै माओवादी केन्द्रमा रहेको छ ।
उनी लामो समयदेखि कनकाई सामुदायिक वन समुहको टोल संयोजक तथा कार्यसमितिमा रहेर कार्य गरीसकेका छन । उनी सामुदायिक वनमा वढी अनुभवी मानिन्छन ।
सचिवकी उममेद्धार मान्ता खरेल यस क्षेत्रकी महिला नेतृ हुन विभिन्न संघसंस्थाको नेतृत्व समेत लिइसकेकी खरेल नेपाली कांगेसकी क्षेत्रिय सदस्य हुन । उनले नेपाली कांग्रेसको तर्फबाट उममेद्धार दिएकी हुन । सहसचिववका उममेद्धार खडगवहादुर कुमाल संघिय समाजवादी फोरम पार्टीका तर्फबाट उम्मेद्धारी दिएका हुन ।
कनकाई सामुदायिक वन वनको अन्य १७ टोल संयोजक तथा सदस्यहरुको निर्वाचन भइसकेको छ । कोषाध्यक्षका उममेद्धार प्रकाश थापा राप्रपाका नगर सचिव हुन ।
 
नेपालकै तराईको जेठो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुह र सुरुङ्गाकै अर्को वर्षमै लाखौ पर्यटक भित्राएर चर्चित बनेको जामुनवारी सामुदायिक वन उपभोक्ता समुहमा हुनलागेको निर्वाचनले सवैको ध्यान तानेको छ ।
 
यसैगरी जामुनवारी सामुदायिक वनमा समेत रुद्र बाहोराको नेतृत्वमा निर्वाचन समिति गठन भएको छ । जामुनवारी सामुदायिक वनमा एमालेले निर्वाचमा जानका लागि रिसी खतिवडा तथा कांग्रेसले खेम सिटौलालाई अघि सारेको छ । दुवै दलले अन्य दल तथा स्वतन्त्र व्याक्तिलाई समेत आफनो प्यानलमा तान्न कोसिस गरिरहेका छन ।
अध्यक्षका दावेदार ओलीद्धय दाया खेम वाया नारायण

सम्बन्धित खबर