Kanakai Online

दक्षिणी झापाको कुवाडीमा राहत र स्वास्थ्यशिविर एकसाथ हजार वढी लाभान्वित


सोमवार, भदौ ५, २०७४ |

कनकाई अनलाईन
। लामो समयदेखि वाढीको चपेटामा परेका झापा गाउँपालिका २ कुवाडीका वाढी पिडितहरुका लागि विभिन्न संघ संस्थाको आयोजना तथा कनकाई उद्योग वाणिज्य संघको समन्वयमा सोमवार आज वृहत स्वास्थ्य शिविर तथा राहत वितरण गरिएको छ ।
 

त्रिवेणी व्यापार कम्पनी काठमान्डौ , मारवाडी सेवा समिति नेपालकोले सो क्षेत्रका १३७ परिवारलाई जनहि १५ किलो चामल , सुत्नका लागि झुल , म्याट , भुजिया , चाउचाउ तथा घरमा छर्कनका लागि फीनेल वितरण गरेको छ ।

 
 
स्थानीय कुवाडीदेवि माविमा संचालन गरिएको कार्यक्रममादृष्टि आखा अस्पताल विर्तामोडको आयोजनामा निशुल्क एकदिने आखा शिविर संचालन गरिएको छ जसमा २०० जनाको आखाँजाच गरिएकोमा १० जनामा मोतियाविन्दुको समस्या देखापरेकाले उनीहरुलाई थप उपचारका लागि विर्तामेड लगिने रोटरी क्लव अफ विर्तामोड मिट टाउनका संस्थापक एवम संचारकर्मी सन्तोस अग्रबालले बताउनुभयो ।

 
 
यसैगरी विएन्डसी हस्पिटल विर्तामोडको प्राविधिक सहयोगमा निशुल्क एकदिने स्वास्थ्य शिविर समेत संचालन गरिएको थियो जसबाट ३०० भन्दा वढीविरामीले विभिन्न समस्याको चेकअप गराएर औषधि वितरण गरिएको कनकाई उद्योग वाणिज्य संघका महासचिव सोमनाथ उप्रेतीले बताउँनुभयो ।
राहत वितरण तथा स्वास्थ शिविर संचालनबाट हजार वढी स्थानिय प्रत्यक्ष लाभान्वित भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउँनुभयो । शिविर तथा राहत वितरणमा रोटरी क्लव अफ मिट टाउन विर्तामोड , रोट्रयाक्ट क्लव विर्तामोड , लगायातको सहयोगमा सम्पन्न भएको थियो । शिविर तथा राहत वितरणमा ८ लाख बरावरको औषधि तथा खाद्यान्न वितरण गरिएको उद्योग वाणिज्य संघ नेपालका केन्द्रिय सदस्य उमेश डालमियाले बताउँनुभयो ।
कार्यक्रममा एमाले नेता एलपि साँबा लिम्बु , वडाअध्यक्ष नेत्र खडका , कनकाई उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनाल तिम्सिना , सदस्य पुण्यप्रसाद सिटौला , रोटरी क्लवअफ मिट टाउन विर्तामोडका अध्यक्ष अरविन्द मित्तल , एक्सेल विकास बैक विर्तामोडका कार्यकारी प्रमुख दिनेशकुमार पोखरेल , रोट्रयाक्ट क्लव विर्तामोडका सुगम अग्रवाल लगायातको आतिथ्यता रहेको थियो । शिविर तथा राहत वितरणमा सहभागि अधिकांसले यसअघि एकपटकपनि राहत नपाएको गुनासो गरेका थिए ।
 
राहत वितरण तथा स्वास्थ शिविर संचालनबाट हजार वढी स्थानिय प्रत्यक्ष लाभान्वित भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउँनुभयो ।

सम्बन्धित खबर