Kanakai Online

झापामा वढदै छ फुटबल क्रेज शिवसताशीमा एउटै वार्डमा २ गोल्डकपहुदैँ


आइतवार, भदौ ४, २०७४ |

लीलाराज झापाली
भदौ ४ गते । झापाको शिवसतासी नगरपालिका दुधेमा आगामी असोज ४ गतेदेखि ११ गतेसम्म प्रथम दुधे गोल्डकपको आयोजना गरिने भएको छ ।
यो गोल्डकपसगै शिवसताक्षीको ११ नम्बर वार्डमै २ गोल्डकपको आयोजना हुने निश्चित भएको छ ।
आगामी फागुन महिनामा समेत शिवसताक्षी नगरपालिकाकै ११ नम्बर वार्डको झिलझिले गणेशमानसिंह अध्यान प्रतिष्ठानको खेल मैदानमा समेत दोस्रो गोल्डकपको आयोजना हुदै छ ।
स्थानीय दुधे युथ क्लवको आयोजनामा हुने सो प्रतियोगितामा आयोजक दुधे युथ क्लव बाहेक सबै नेपालका ठुला टिमले खेलमा प्रतिस्पर्धा रहनेआयोजक समितिले आइतवार विर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।
गोल्डकपमा नेपाल आर्मी काठमाण्डौ , हिमालयन शेर्पा , एपीएफ क्लव काठमाडौँ , रमपम झापा ११ , रुपन्देही ११ र चर्चब्याइज क्लव काठमाडौँको सहभागिता रहने आयोजक समितिका संयोजक सन्तोस थोप्राले बताउँनुभयो ।
प्रतियोगिताको विजयी तथा उपविजयी हुने टिमलाई ३ लाख १ हजार र १ लाख ५१ हजार नगद तथा सवोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता खेलाडीलाई समेत नगद ५० हजार दिने छ ।
प्रतियोगिता दुधे स्पोटिङ्ग क्लवको खेलमैदान दुधेमा हुने सो प्रतियोगितामा कुल ३४ लाख ५० हजार रुपैँया आम्दामी तथा २२ लाख ८५ हजार रुपैँया खर्च हुने आर्थिक संयोजक यामनाथ काफलेले बताउँनुभयो ।
वचत रकमबाट स्थानीय खेलाडी उत्पादन , अन्तराष्ट्रिय स्तरको खेलमैदान निर्माण तथा युवा सचेतनामा खर्च गरिने समेत जानकारी गराइएको छ । सो प्रतियोगिताको सहआयोजकमा लायन्स क्लव अफ शिवसतासी तथा सतासीधाम जेसिज रहेका छन ।
प्रतियोगितबाट प्रतिटिकट ५० र १०० रहने र सो वापत प्रतियोगिताबाट ८ लाख नगद संकलन हुने मुख्य प्रायोजक बाट ६ लाख रुपैँया संकलन गरिने र सोही प्रायोजक मुख्य टाइटल स्पोन्सरका रुपमा रहने समेत आर्थिक समितिका संयोजक काफलेले बताउँनुभयो ।
 
आगामी फागुन महिनामा समेत शिवसताक्षी नगरपालिकाकै ११ नम्बर वार्डको झिलझिले गणेशमानसिंह अध्यान प्रतिष्ठानको खेल मैदानमा समेत दोस्रो गोल्डकपको आयोजना हुदै छ ।

सम्बन्धित खबर