कनकाई संवाददाता
भद्रपुर ।
वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १०, चन्द्रगढीको छैठौं वार्षिक साधाराण सभा सम्पन्न भएको छ ।
जिल्ला सहकारी संघ झापाका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष अरुण वस्नेतले संस्थाको वार्षिक साँगठनिक प्रतिवेदन प्रस्तुत गर्दै २ सय ९१ जना शेयर सदस्य तथा १५ लाख ५३ हजार रुपैयाको शेयर पुँजी रहेको वार्षिक गतिविधि प्रस्तुत गरेका थिए । कार्यक्रममा भद्रपुर नगरपालिका वार्ड नं १० का नव निर्वाचित वार्ड अध्यक्ष टेकबहादुर खड्का काजी सहित उत्कृष्ट बचतकर्ता बाङ्मी राजवंशी र उत्कृष्ट ऋण कारोवारी पवनकुमार खतिवडा सहित ३ जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले बचत तथा ऋण सहकारीलाई पैसा किनबेचको आरोप लगाएर बदनाम गर्नेहरु सहकारी विरोधी भएको धारणा राखे । उनले सहकारी सञ्चालनमा अपनत्व ग्रहण गरेर अगाडि बढे सफलता मिल्ने सुझाव समेत दिएका थिए ।
कार्यक्रममा नेपाल बहुउद्देश्य सहकारी संस्था लि. चन्द्रगढीका शाखा प्रमुख प्रकाश सुवेदी, प्रकाश कृषि सहकारी संस्था लि. चन्द्रगढीका चुडामणी मैनाली , झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष विवेक पोखरेल, शिक्षक बचत तथा ऋण सहकारी संस्थाका गोकुलराज न्यौपाने , लेखापढी बचतका खगेन्द्र चौलागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अरुण वस्नेतको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव प्रकाश निरौलाले र स्वागत संस्थाकी उपाध्यक्ष कविता नेपालको रहेको थियो ।