Kanakai Online

कनकाई वार्डस्तरीय फुटवलको उपाधि ५ नम्बरलाई


शनिवार, भदौ ३, २०७४ |

कनकाई अनलाईन ।
सुरुङ्गा , भदौ ३ गते । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सुरुङ्गाको कनकाई माविमा संचालित दोस्रो कनकाई नगर वार्डस्तरीय फुटबलको उपाधि वार्डनम्बर ५ ले हात पारको छ ।
 

शनिबार (आज ) भएको फाईनल खेलमा वार्डनम्बर ४ लाई १— ० गोल अन्तरले पराजित गर्दै ५ नम्बरले नगद १६ हजार सहितको उपाधि रक्षा गरेको हो । उपविजयी बनेको ४ नमबरले नगद ११ हजार र ट्राफि पाएको छ ।
 

प्रतिस्पर्धात्म बनेको फाईनल खेलमा एकमात्र निर्णायक गोल ५ नमबरका खेलाडी खेलको पहिलो हाफमा सुनिल तामाङ्गले गरे । खेलअवधिभर दुबै टिमले केहि गोलका अवशरहरु खेर फालेका थिए । प्रतियोगिताको सवोकृष्ट खेलाडी विजयी टिमका समिर शिवाकोटी बने उनलाई समाजसेवी पदम उप्रेतीले नगद १५ सय र ट्रफी प्रदान गर्नुभएको थियो ।
 
 

विजयी उपविजयी तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रममका प्रमुख अथिति कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल , वार्डअध्यक्षहरु रुद्रप्रसाद चिमरिया , कृष्ण राई , नेकपा माओवादी केन्द्रका कनकाई नगर संयोजक चन्द्रमान कन्दङबा , कनकाई उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनाल तिम्सिना , इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानबहादुर श्रेष्ठ , लगायातले मेडल तथा ट्रफी प्रदान गरेका थिए ।
 

कार्यक्रम आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष ज्योतीकुमार उप्रेतीको सभापतित्वमा तथा उपाध्यक्ष राजकुमार कट्टेलको संचालनमा सम्पन्न भएको थियो ।
आगामी भदौमा हुन गइरहेको दोस्रो जिल्लास्तरीय नगरकप फुटबलका लागि कनकाई नगरपालिकाको प्रतिनिधित्व गर्दै खेल्ने टिमको तयारीका लागि यो छनौट प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक अर्जुन गिरीले बताउँनुभयो । प्रतियोगितामा कनकाई नगरपालिकाका ९ टिमको सहभागिता रहेको थियो ।
 
यस प्रतियोगिताबाट छनौटमा परेका खेलाडीलाई बन्द प्रशिक्षण राखिने र सो टिमले कनकाई नगरपालिकाको प्रतिनिनित्व गर्दै कनकाई नगर कप गोल्डकपलगायातका फुटबल प्रतियोगितामा सहभागि हुने कनकाई खेलकुद प्रतिष्ठानका मुख्य प्रशिक्षक सन्त रायमाझिले बताउँनुभयो । खेलाडी छनौटका लागि दिलकुमार कार्की , सन्त रायमाझि , लीलु गिरी , सुबास श्रेष्ठको नेतृत्वमा छनौट समिति बनाइएको थियो ।
फाइनल खेलहुनुपहिले कनकाई खेलकुद प्रतिष्ठानका महिला खेलाडीविच मैत्रीपुर्ण फुटबल खेल खेलाइएको थियो ।
फोटो / उपाधिपछि वार्ड नम्बर ५ का खेलाडी सवोकृष्ट खेलाडीको नगद र ट्रफी लिदै खेलाडी सफिी लिदै खेलाडी समिर शिवाकोटी

सम्बन्धित खबर