Kanakai Online

कनकाईका वाढी पिडितलाई माओवादी केन्द्रको राहत


शुक्रवार, भदौ २, २०७४ |

कनकाई संवाददाता ।
कनकाई नगरपालिका ६ मा रहेका ५० घर परिवार वाढी पिडितलाई नेकपा माओवादी केन्द्र कनकाई नगर कमिटिले राहत वितरण गरेको छ ।
लामो समयदेखि वाढीले घर बगाएर घरवारविहिन बनेका तथा वाढीले सबै खानेकुरा बगाएर विजोगको जिन्दगी विताइरहेका कनकाई नगरपालिका ६ चम्फापुर मन्सापुर क्षेत्रका ५० घरपरिवारलाई शुक्रवार विहान माओवादीका जिल्ला संयोजक मणिसाम्पाङ्ग राई विजय , माओवादीका कनकाई नगर कमिटी इन्चार्ज गोपाल प्रसाई , जिल्ला कार्यालय सचिव चुडेन्द्र अधिकारी , जिल्ला सदस्य पुन्य ओझा प्रेस सेन्टर झापाका सचिव लीलाराज झापाली , माओवादी केन्द्रका नगर सचिव दिर्घ थापा , अनेमसंघ क्रान्तिकारीकी नगर अध्यक्ष शान्ता अधिकारी माओवादी नेताहरु गणेश थापा , डिल्ली खडका , कृष्ण खतिवडा, डम्बर शांसकर युवा समाजसेवी गणेश खरेल लगायातको टोलीले सुरुङ्गा खोलाको कटानबाट पिडित बनेका परिवारलाई चामल , दाल , चिउरा , चाउचाउ , तेल , लगायातका अत्यावश्यकीय सामान घरमै पुगेर हस्तानतरण गरेका थिए ।
वाढी पिडितले अन्य क्षेत्रमा सरकार तथा विभिन्न संघ संस्थाले राहत वाढेको रेडियोमा सुनेपनि आफनो वस्तीमा वोलिदिने मान्छे नहुदा राहत नपाएको भन्दै दुःखेसो गरेका थिए ।
उनीहरुले माओवादी केन्द्रले पहिलो पटक राहत लिएर आफनो घरमा आएको भन्दै ताली बजाएर स्वागत गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक मणिसाम्पाङ्ग बिजयले माओवादी वास्तविक गरिवको पार्टी भएकाले आफना वर्गका जनताको अधिकार मुक्तिका लागि ज्यान दिन तयार रहेको भन्दै आज पनि वाढी पिडितका लागि समेत राहत र उद्धारमा देशभर लागिपरेको बताउनुभयो ।
उहाँले यस क्षेत्रमा कष्टकर जिवन विताइरहेका पिडितहरुलाई तत्काल राहतका लागि नेपाल सरकार र अन्य सहयोगि निकाय तथा दातासमक्ष अपिल समेत गरेका छन । सो राहतका लागि माओवादी कनकाई नगर कमिटीका नेताले आर्थिक सहयोग गर्नुका साथै विर्तामोड स्थित रमेश शर्मा , बालाजी इन्टरप्राईजेज , राधा डेड्रस , चौधरी टेड्रलिङ्ग र सिद्धिगणेश स्टोरले विभिन्न खाद्यान्न सहयोग गरेको माओवादी केन्द्रका कनकाई नगर इन्चार्ज गोपाल प्रसाईले बताए ।
 
वाढी पिडितले अन्य क्षेत्रमा सरकार तथा विभिन्न संघ संस्थाले राहत वाढेको रेडियोमा सुनेपनि आफनो वस्तीमा वोलिदिने मान्छे नहुदा राहत नपाएको भन्दै दुःखेसो गरेका थिए ।