Kanakai Online

सुरुङ्गाका बाढी पिडितलाई लायन्सको राहत


बिहिवार, भदौ १, २०७४ |

 
कनकाई । “मानव सेवा नै धर्म हो“ भन्ने सोचका साथ गत शुक्रबार राती आएको अभिरल वर्षाका कारण डुबानमा परेको जनतालाई राहत वितरण गरिएको छ ।
विश्वकर्मा सिमेन्ट प्रा.लि. विरगञ्ज नेपालको आयोजना तथा लायन्स क्लब अफ कनकाई सुरुङ्गाको संयोजनमा १ सय ४० घर परिवामा खाद्यान्य सहितको राहत समग्री तिवरण गरिएको हो ।
माडवारी सेवा समितिका अध्यक्ष शुरेष अग्रवाल, सदस्य विजेन्द्र अग्रवाल, विष्णु निरौला, मदन अग्रवाल, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका चार्टर प्रेसिडेन्ट लीलाप्रसाद चिमरिया, निवाचित अध्यक्ष शुरेन्द्र प्रधान, कनकाई वडा नं.–३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरिया,सामाजिक व्याक्तित्व  भिम राजवंशी, पुन्य प्रसाद ओझा, गंगा भुजेल लगायत सिङ्गो लायन्स क्लब समेतको उपस्थिति रहेको थियो ।
उक्त राहत वितरणमा कनकाई नडा नं. ३ का ६० र झापा गाउँपालिका वडा नं.–५ का ७० गरि जम्मा १३० घर परिवारलाई २ लाख बढीको राहत वितरण गरिएको थियो । एक परिवारलाई कम्तिमा १ हप्ता सम्म खान पुगोस भन्ने सोचका साथ थालिएको यो सेवा आपत परेको अबस्थामा जुनसुकै बेला पनि रहिरहने जनाईएको छ ।
त्यसैगरी झापा जिल्ला कनकाई नगरपालिकाका सामाजिक व्यक्तित्व शेरबहादुर थापाको पुर्ण सहयोगमा वडा नं.–३ एकान्तटोलमा राहत वितरण गरिएको छ । बाढीवाट पिडित १७ घर परिवारहरुका लागि लताकपडा तथा आबश्यक खाद्यान वितरण गरिएको हो । युवा नेतादुर्गा प्रसाई ,सन्तोश रायमाझीको संयोजनमा भएको उक्त राहत वितरण कार्यक्रममा कनकाईका तरुणदल सभापती तुलसी विमली, गणेश पोखरेल, सबनम थापा, पदम बहादुर थापा, शान्तिबहादुर चौहान, रेणु कडेल, दावा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर