Kanakai Online

विहारमा वाढीले १ करोड मानिस विस्तापित


बुधवार, साउन ३२, २०७४ |

विहार भारत । साउन ३२ गते । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब ९६ लाख जना नागरिक प्रभावित भएका छन् ।
गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ ।
बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको बताइएको छ । ती क्षेत्रमा अहिले पनि वर्षाको क्रम जारी रहेको छ । जसका कारण जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।
बाढीका कारण लाखौँलाख नागरिक विस्थापित भएर सरकारले व्यवस्था गरेका शिविरमा बास बसिरहेका छन् । त्यस्तै हजारौँ जना घरबारबिहीन बन्न पुगेका छन् ।
बिहारका १२ जिल्लालाई बाढीले बढी मात्रामा प्रभावित पारेको छ । सरकारले उद्वारकार्यलाई तिब्रता दिएको जनाएको छ ।
बाढीबाट प्रभावित भएकालाई शिविर बनाएर राखिएको छ । सो शिविरमा कैयौँ नागरिक बसिरहेका छन् । केही हराएका छन् । बाढीमा परेर हराएकाको खोजीकार्य जारी छ ।
प्रभावित क्षेत्रमा ३५० शिविर निर्माण गरिएका छन् । ती शिविरमा हजारौँ नागरिक बसिरहेका बताइएको छ ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले उद्वार र राहात वितरणका लागि दुई वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको जानकारी दिनुभएको छ ।
बिहारमा मङ्गलबारसम्म बर्षा नरोकिएकोले पानीको सतह घटेको छैन । यसका कारण उद्वारको काम पनि कठिन भइरहेको बिहारका प्रवक्ताले जानकारी दिएका छन् । राससरसिन्ह्वा

सम्बन्धित खबर