कनकाई संवाददाता
सुरुङ्गा । आसन्न जिल्ला स्तरीय कनकाई नगर कप फुटबल तथा गोल्डकपका लागि कनकाई नगरपालिकाको लागि खेलाडी छनौट गर्ने उद्धेश्यले आजबाट कनकाई उच्च माविको खेल मैदानमा दोस्रो वार्डस्तरीय फुटबल सुरु भएको छ ।
कनकाई नगरपालिका क्षेत्रका ९ वार्डका ९ टिमको सहभागिता रहेको उदघाटन खेलमा वार्डनम्बर २ ले ७ लाई ५—२ को फराकिलो जित अन्तरले हराउदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धात्म बनेको खेलमा वार्ड नमबर २ का लागि टिम क्याप्टेन दिनेश राईले २ गोल गरे भने बुद्धिलाल टुडु , तीर्थ भुजेल र दिपु मुर्मुले समान १/१ गोल गरे ।
७ नमबर वार्डको तर्फबाट अर्जुन सुनारले १ गोल गरे भने सन्जु तामाङ्गले पेलान्टीबाट टिमका लागि थप १ सान्तना गोल फर्काएपनि जितका लागि पर्याप्त बनेन । दुवै टिमले केहि गोल गर्ने अवशर खेर फालेका थिए ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा सुरु भएको यो खेल भदौ ३ गते समम चल्ने आयोजक समितिका सदस्य सुवास श्रेष्ठले जानकारी दिनुभयो । ९ बटै वार्डबाट छानिएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखि कनकाई खेलकुद प्रतिष्ठानको टिम तयार पारिने अध्यक्ष ज्योतीकुमार उप्रेतीले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजयी तथा उपविजयी हुने टिमले नगद १६ हजार र ११ हजार र शिल्ड पाउने खेल समितिका संयोजक अर्जुन गिरीले बताए । आजै दोस्रो खेल वार्ड नमबर १ र ६ विच हुने आयोजक समितिका सदस्य विनोद उप्रेतीले बताए ।
भोली भदौ १ गते समेत २ खेल हुने छ । पहिलो खेल वार्डनमबर ८ र ४ विच तथा दोस्रो खेल वार्ड नमबर ३ र ९ विच हुने आयोजक समितिका सदस्य झलक सिटौलाले बताए । खेलाडी छनौटका लागि प्रशिक्षक सन्त रायमाझि ,लीलु गिरी , र दिलकुमार कार्कीको नेतृत्वमा छनौट टिम तयार गरिएको छ ।