विर्तामोड ।
आर्थिक अभावमा उपचार नपाएर जीवन मरणको दोसाँधमा रहेकी एक महिलाको उद्धार भएको छ । झापाको बिर्तामोड निवासी समाजसेवी रामकुमार कन्दङ्वाले गिरी बन्धु टी इस्टेटमा कार्यरत १८ वर्षीया लक्ष्मी करुवाको उद्धार गरेका हुन् ।
उनको बिर्तामोडस्थित कञ्चनजंघा अस्पतालमा उपचार भइरहेको छ । गत शनिवार राति घरमा सुतिरहेको अवस्थामा आफैंले बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको शरीरको विभिन्न भाग जलेको छ । उनको निधारदेखि मुनि कम्मरसम्मको सम्पूर्ण भाग जलेको छ ।
मट्टितेल पोखिएर ओछ्याएको तन्ना र झुल शरीरमा टाँसिएपछि उनी जलेको उनका श्रीमान् राजेशले बताए । आगोले जलेर गम्भीर घाइते बनेकी लक्ष्मीको तत्काल भद्रपुरस्थित मेची अञ्चल अस्पताल उपचारका लागि पु¥याइए पनि अस्पतालले उपचार सम्भव नहुने भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको थियो ।
‘धरान लान समय लाग्ने भएको र बिर्तामोडका हस्पिटलले २५ लाख रुपैयाँ खर्च लाग्ने भनेपछि पैसा नभएर हामीले लक्ष्मीलाई घरमा नै लगेर केराको पातमा सुताएका थियौं’ – उनका श्रीमान् राजेशले भने– ‘रामकुमार कन्दङ्वाले हाम्रो दुःख देख्न नसकेर अस्पताल ल्याउनु भएको हो ।’
मजदुरी गरेर दैनिकी गुजारी रहेका करुवा परिवारको त्यो दुर्दशा देखेपछि आफूले लक्ष्मीलाई तत्काल उद्धार गरी अस्पताल ल्याएको समाजसेवी कन्दङ्वाले बताए । लक्ष्मीको ६ महिनाको छोरा रहेको छ । आमा नै जीवनमरणको दोसाँधमा रहेको हेर्न सकिनँ र तत्काल ल्याएँ तर खर्च धेरै लाग्ने अवस्था छ– कन्दङ्वाले भने – ‘अहिलेसम्म लागेको सबै खर्च आफैंले व्यहोरी रहेको छु, लक्ष्मीको अबस्था देखेपछि केही दाताले अहिले आर्थिक सहयोग गर्न थालेका छन् ।’
कन्दङ्वाले लक्ष्मीको उद्धारमा मानप्रसाद लिङ्देनको पनि साथ रहेको बताए । उनले भने– ‘मेरो एक्लो प्रयासले लक्ष्मीलाई बचाउन असम्भव छ, कञ्चनजंघा अस्पतालका डाक्टर सीपी यादवको आँट र हिम्मतका कारण लक्ष्मीले नयाँ जीवन पाउँछिन् भन्नेमा म आशावादी छु ।’ बोल्न समेत नसक्ने अवस्थाकी लक्ष्मीको निधारदेखि तल कम्मरभन्दा माथिको सम्पूर्ण भाग जलेर घाउ भएपछि उनी अहिले हलचल समेत गर्न सक्दिनन् ।
सोमवार अस्पताल भर्ना गरेपछि स्वास्थ्यमा धेरै सुधार आएको डाक्टर सीपी यादवले बताए । उनले भने– शुरुको अवस्थामा सबैतिरबाट रेफर भएको केश थियो, औंषधि गरेर हेरौंन भन्दै हामीले उपचार शुरु ग¥यौं, अहिले उनी इसाराले भोक लाग्यो भन्न सक्ने भएकी छिन् । केही समयको उपचारपछि उनी निको हुन्छिन्, उनको आर्थिक अवस्था अत्यन्त दयनीय रहेछ, हामीले पनि जतिसक्दो सहयोग गरेका छौं– डा यादवले भने– ‘कोही मनकारी भए लक्ष्मीको उपचारमा सहयोग पु¥याए तीर्थ गएभन्दा ठूलो पुण्य हुने मैले देखेको छु ।’
आमा जलेर गम्भीर घाइते भएपछि शिशुलाई दुूध खुवाउने समेत खर्च आफैंले जुटाइदिएको र आफ्नो एक्लो सहयोगले आमा र शिशुको जीवन नबाँच्ने हुँदा सबैलाई सहयोग गरेर दुबैको जीवन बचाइदिन म आग्रह गर्दछु– कन्दङ्वाले भने । अस्पतालमा लक्ष्मी हेर्न पुगेका मानप्रसादले भने– ‘मानवको सर्वोत्तम कार्य भनेकै मानवीय सेवा हो । तसर्थ म सबैलाई एउटा नारीको जीवन बचाइदिन आग्रह गर्दछु ।’
लक्ष्मीको उपचार तथा स्याहारका लागि वडाध्यक्ष सूर्य कन्दङ्वा, सदस्य शोभा विक, एलविन्द्र खत्री, पवित्रा ढुंगाना र पर्शुराम खनाल, समाजसेवी विष्णु गौतम लगायतले सहयोग गरिरहेको कन्दङ्वाले जानकारी दिए ।