लीलाराज झापाली /
विर्तामोड , साउन ३२ गते । अविरल वर्षासगै तराई क्षेत्रमा आएको वाढी र डुवानबाट विस्तापित तथा मृत्युभएका परिवारकालाई सहयोग गर्न विर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २५ लाख रुपैँयाको अक्षयकोष राखी सहारा वाढी पहिरो राहत कोषको स्थापना गरेको छ ।
मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि संस्थाका अध्यक्ष ताराप्रसाद संजेल , सचिव महेन्द्रकुमार गिरी लगायात संस्थाका प्रतिनिधिहरुले राष्ट्रलाई परेको विपत्तीको घडीमा पिडितलाई तत्काल राहत पुगोस भन्ने उद्धेश्यले आफनो फन्टबाट उक्त राहत कोषको स्थापना गरिएको संस्थाका सचिव गिरीले बताउँनुभयो ।
सहाराको यो कोषको रकमलाई अन्य सहयोगी दाता सहाराका कर्मचारी तथा संघसंस्थाहरुसग समेत समन्वय गरि कोषको रकमलाई ५० लाख बनाइने लक्ष्य रहेको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।
सहाराको यस राहत कोषको रकमबाट तत्काल लत्ताकपडा वितरणका लागि ८ लाख , मानविय क्षतीमा १५ लाख , औषधि खरिदमा २ लाख सहयोग गरिने समेत कार्यक्रममा जानकारी दिएको छ ।
सो रकम स्थानीय तह , रेडक्रस सोसाइटी , जिल्ला दैवि प्रकोप उद्धार समितिसगको समन्वयमा राहत वितरण गरिने समेत कार्यक्रममा जानकारी गराइएको थियो । अन्य संघसंस्था समेतको समन्वयमा खडा गरिने ५० लाखको यो कोषबाट हाल तत्काल राहत तथा विस्तापितहरुको पुनःस्थापनाका लागि समेत पछि घरनिर्माणका लागि समेत सहयोग गर्ने लक्ष्य राखिएको सचिव गिरीले बताउँनुभयो ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दैवि प्रकोप तथा विपत्तीका लागि १ करोड रुपैँयाको कोष स्थापना गरेकोमा यस वर्षातसगैको हालको विपत्तिका लागि सो रकममध्ये २५ लाख रुपैँया रकम सहयोगका लागि छुट्टाइएको समेत जानकारी गराइएको थियो ।
सहाराले झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिकामा वाढीबाट विस्तापित शरणामती , कुमरखोद क्षेत्रका २०० घरपरिवारलाई हाल ५ दिनदेखि नियमित खाना खुवाइरहेको समेत जानकारी गराइएको छ ।
विपत्तीमा परेका झापा , मोरङ्ग , सुनसरीका विस्तापितहरुलाई लक्षित गरि यो कोषको रकम खर्च गरिने समेत जानकारी गराइएको छ । सहारा नेपाल साकोसकै पहल र लगानीमा झापाको सुरुङ्गामा समेत सर्पले टोकेको उपपचार सुरु गरिएको छ । कनकाई सहारा सर्पदंश उपचारकेन्द्रको स्थापनाका लागि मात्रै सहारा नेपालले ६० लाख रुपैँया सहयोग गरेको थियो ।
जुन कनकाई नगरपालिका , झापा गाउँपालिका , बाह्दशी गाउँपालिका , शिवसताक्षी नगरपालिका र छिमेकी भारतका सर्पले डसेका विरामीलाई हाल संजिवुनी बुटी बनेको छ । यस सर्पदंश केन्द्रमा हाल दैनिक ४/५ जनासम्म विरामी उपचारका लागि आउने गरेका छन ।
सहाराको यो कोषको रकमलाई अन्य सहयोगी दाता सहाराका कर्मचारी तथा संघसंस्थाहरुसग समेत समन्वय गरि कोषको रकमलाई ५० लाख बनाइने लक्ष्य रहेको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।