कनकाई अनलाईन ।
२० महिना सम्म इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी प्रमुख भएर रहनुहुने प्रहरी नायव निरिक्षक सई जितेन्द्र थापालाई सुरुङ्गा क्षेत्रका संघ संस्थाले भव्य सम्मान गरी विदाई गरेका छन ।
सुरुङ्गा सहकार्य युवा क्लवको पहलमा यस क्षेत्रका संघसंस्थाहरु कनकाई उद्योग वाणिज्य संघ , नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा , सुरुङ्गा जेसिज , सुरुङ्गा सहकार्य युवा क्लव , ज्ञानज्योती युवा क्लव र सुर्योदय युवा क्लवले थापाले सुरुङ्गाको सुरक्षा प्रमुख रहदा पुर्याउनुभएको योगदानको उच्च मुल्याङ्गन गर्दै सम्मान गरेको हो ।
सोही अवशरमा सुरुङ्गा इलाका प्रहरी प्रमुखका रुपमा आउनुहुने प्रहरी नायव निरिक्षक सई मानबहादुर क्षेष्ठलाई समेत स्वागत गरिएको थियो । कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेललको प्रमुख आथित्यमा भएको कार्यक्रममा विदाई हुनुहुने थापाले सिङगो सुरुङ्गावाशीको साथ र सहयोग पाएकालेनै आफुले समेत कार्य गर्न सकेको वताउँनुभयो ।
थापाले आफुलाई जस्तै श्रेष्ठलाई पनि सहयोग गर्न समेत आग्रह गर्नु भयो । कार्यक्रममा कनकाई नगरपालिकाका सदस्य दत्त , सुरुङ्गा जेसिजका अध्यक्ष जविन तिम्सिना , सुर्योदय युवा क्लवका अध्यक्ष रोहित कोइराला , ज्ञानज्योती युवा क्लवका अध्यक्ष नविन सेढाँई , सुकेडाँगी सामुदायिक वनका सचिव देवेन्द्र रिसाल , कनकाई प्रेस क्लवका अध्यक्ष लीलाराज झापाली लगायातले विदाई हुने थापा तथा स्वागत गरिएका श्रेष्ठको
कार्यको उच्च प्रसंसा गर्नुभएको थियो । सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष टिकाराम भण्डारी सुदिपको सभापतित्व तथा रेडक्रस सोसाइटी सुरुङ्गाका सभापति प्रविन तिम्सिनाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।