Kanakai Online

झापा जिविसको सभापतिमा सोमनाथ पोर्तेल


शुक्रवार, साउन २७, २०७४ |

कनकाई अनलाईन ।
जिल्ला समन्वय परिषद झापाको प्रमुखमा नेकपा एमालेका दलित नेता सोमनाथ पोर्तेललाई पार्टीले उठाउने निर्णय गरेको छ ।
स्पष्ट बहुमत रहेको झापाका पोर्तेल र कुन्दन भट्टराई विच को बन्ने भन्ने वारेमा विवाद आएपछि पार्टीको केन्द्रिय कमिटीले शुक्रवार प्रमुख र उपप्रमुखको टुङगो लगाएको हो । यसैगरी उपप्रमुखमा अनेमसंघ भद्रपुरकी अध्यक्ष मिना पराजुलीलाई उठाउने निर्णय गेको छ ।
पोर्तेल एमाले पार्टीका प्रदेश कमिटी सदस्य एवम पार्टीको भातृ संगठन नेपाल उत्पीडित जातिय समाजका केन्द्रिय अनुशासन विभागका संयोजक समेत हुनुहुन्छ । १५ स्थानीय तह रहेको झापामा एमालेको १९ मत रहेको छ भने कांग्रेसको ७ मत तथा राप्रपाको ४ मत रहेको छ ।
फोटो ः सोमनाथ पोर्तेल

सम्बन्धित खबर