कनकाई अनलाईन ।
झापा । नेकपा एमाले स्थायी कमिटीको आज बसेको बैठकले झापा, उदयपुर र भोजपुरका जिल्ला समन्वय परिषद् ९जिपस० प्रमुख र उपप्रमुखहरुको नाम टुङ्गो लगाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले जिल्ला समन्वय परिषद् झापाको प्रमुखमा दलित नेता सोमनाथ पोर्तेल र उपप्रमुखमा मीना पराजुलीको नाम टुङ्गो लगाएको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तीमा जनाइए अनुसार उदयपुर जिसपको प्रमुखमा खड्ग परियार र उपप्रमुखमा गंगा राई तथा भोजपुर जिसप प्रमुखमा लक्ष्मण खड्कालाई पठाउने निर्णय भएको छ ।
बैठकमा चिकित्सा शिक्षाको क्षेत्रस“ग सम्बन्धित विभिन्न माग राखी अनसनमा बसिरहेका डा। गोविन्द केसीको सन्दर्भमा छलफल गरी पार्टीको निश्कर्ष पनि सार्वजनिक गरिएको छ । प्रचार विभाग प्रमुख भट्टराईद्वारा जारी विज्ञप्तीमा सो सम्बन्धी धारणा सार्वजनिक गर्दै भनिएको छ– ‘हाम्रो पार्टीको नेतृत्वको सरकारले चिकित्सा क्षेत्रका सुधारका सम्बन्धमा प्रा केदारभक्त माथेमा आयोगले दिएका सुझाव र सिफारिसलाई आधार बनाउ“दै तत्कालीन व्यवस्थापिका संसदमा ‘चिकित्सा शिक्षा विधेयक’ टेबुल गरेको यहा“ स्मरणीय छ ।
हाम्रो पार्टी प्रतिपक्षमा भएको बेला पनि उक्त विधेयक संसदमा प्रस्तुत गरी पारित गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गर्दै आएको कुरा सबैको जानकारीका लागि सूचित गर्दछौं । सरकार स्वयम्को अकर्मण्यता र दिशाहीनताका कारण आजसम्म पनि उक्त विधेयक पारित भएको छैन । यस सम्बन्धमा सरकार र सत्ता गठबन्धनको द्वेध चरित्रप्रति बैठकले गम्भीर आपत्ति प्रकट गरेको छ ।’
विज्ञप्तीमा अगाडि भनिएको छ– ‘आफ्नो दायित्व पूरा नगर्ने र यस विषयमा नेकपा एमालेलाई अनावश्यक लाञ्छित गर्ने कुराप्रति हाम्रो गम्भीर असहमति रहेको छ । तसर्थ, हाम्रो पार्टी छिटोभन्दा छिटो चिकित्सा शिक्षा विधेयक व्यवस्थापिका संसद्मा छलफल गरी पारित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं । साथै, गोविन्द केसी र उहा“का प्रतिनिधिस“ग वार्ता गरी उचित ढंगले समस्याको समाधान गर्न बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।’