कनकाई अनलाईन ।
झापामा दुई दिनदेखि परेको अविरल वर्षासगै कनकाई तथा विरिङ नदिमा आएको वाढी वस्तीमा पस्दा स्थानीय जनजिवन प्रभावित बनेको छ ।
कनकाई नदिले गौरीगंज १ हात्तीसारको वाध भत्काएपछि कतिवेला नदि गाउँपस्नेहो भनेर स्थानीय शिवसताक्षी ४ रङ्गेथानवाशी सर्व साधरण चिन्तित बनेका छन ।
उनीहरु रातभर समेत सुत्न नसकेको स्थानीयवाशी वताउँछन ।
यसैगरी झापा गाउँपालिकाको ७ मा रहेको सानोमाईमा रहेको पुल नाघेपछि सो क्षेत्रका विद्यार्थीहरु समेत स्कुल जान नपाएका स्थानीय फ्रेन्डर्स क्लवका अध्यक्ष सुमन प्याकुरेलले वताउँनुभयो ।
यसैगरी शिवसताक्षी १० को हुन्दु्रगे खोलामा आएको वाढीले माइधारबाट चिल्लागढ जाने सडक वगाउँदा सो क्षेत्रकै आवतजावत बन्द भएको छ भने वस्ती जलमग्न हुदा विद्यार्थीहरु समेत विद्यालय जानपाएका छैनन ।
विर्तामोडमा रहेको अदुवा खोलामा आएको वाढी वस्तीमा पस्दा विर्ताबजार लगाँयातका वस्ती डुबानमा परेका छन , भने सो क्षेत्रको जनजिवन समेत प्रभावित बनेको छ । झापाको कनकाई नदिको अति जोखिम वस्तीमा भने वाढी मापन यान्त्र र पुर्वसुचना प्रणाली समेत जडान गरिसकिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले वताउँनुभयो ।
अविरल वर्षाका कारण झापाका धेरै स्थान डुबान भएपनि हालसमम त्यस्तो मानविय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।