Kanakai Online

भुकम्प प्रतिरोधात्मक घर निर्माणमा हुनुहुन्छ ?


शुक्रवार, साउन २७, २०७४ |

कनकाई अनलाईन ।
झापाको शिवसताक्षी नगरपालिका धरमपुरमा भुकम्प प्रतिरोधात्मक घर निर्माणका लागि आवश्यक पर्ने सामान उत्पादन गर्ने उद्योग स्थापना हुने भएको छ ।
स्थानीय दुधलाल नेम्वाङ्ग , हरिमाया नेम्वाङ्गको लगानी रहेको सो उद्योगबाट कोरियान प्रविधिबाट भुकम्प प्रतिरोधात्मक सामाग्रीहरु उत्पादन आगमाी पौष महिनादेखि सुरु गरिने संचालकहरुले जनाएका छन ।
एनके प्यानल प्रालि नामको उद्योगको संचालक हरिमाया र घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख चन्द्रप्रसाद मिश्रले शिलन्यास गर्नुभएको छ ।
करिव ८० करोडको लगानीमा संचालनमा आउन लागेको यस उद्योगको हाल १६ करोडको लगानीमा गोदामघर लगायात निर्माण थालिएको संचालकद्धयले बताउँनुभएको छ । नेपालजस्तो भुकम्पको अति जोमि देशमा नेपालमै भुकम्पप्रतिरोधात्मक घर निर्माणका लागि सहजै पार्टसहरु उपलब्धहोस भनेर आफुहरुले यस उद्योगको स्थापना गर्न लागेको संचालकद्धयले वताउनुभयो ।
उद्योगका मेशिनरी पार्टसहरु कोरियाबाटै आउनेहुदा उत्पादनका लागि केहि समय लाग्ने दुधलाल नेम्वाङ्गले वताउनुभयो ।