कनकाई अनलाईन ।
सयौँको उपस्थितिका विच आफनो जातिय पहिचान सहित कनकाई २ का आदिवाशी जनजातिहरुले २३ औ विश्व आदिवाशी दिवश भव्यताका साथ मनाएका छन ।
जामुनवारी सामुदायिक वनको आदिवाशी भवनमा आयोजित भव्य कार्यक्रममको आयोजना नेपाल आदिवाशी जनजाति महासंघ कनकाई नगर २ नम्बर वार्ड समन्वय समितिले गरेको हो ।
कार्यक्रममा जिल्लाका प्राय धेरै आदिवाशी नेता तथा कनकाई नगर क्षेत्रका विभिन्न आदिवाशी समुदायहरु आफनो जातिय परिरनमा कार्यक्रममा सहभागि थिए भने उनीहरुले आआफना सास्कृतित पहिरन र गितमा नृत्य तथा सास्कृतिक प्रस्तुती समेत दिएका थिए ।
आदिवाशी जनजातिका जिल्ला सचिव विरेन मेचेको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा किरात राई यायोख्या , नेवा पुःच सुरुङ्गा , तामाङ्ग घेदुङ संघ , राजवंशी समाज , गुरुङ्ग समाज , माझी समाज , कमाल समाज , सन्थाली समाज लगायातले आआफनो धर्म सस्कृति झल्कने नृत्य तथा सामुहिक च्याबुङ नाच सन्थाली नाच प्रस्तुत गरेका थिए ।
आयोजक समितिका अध्यक्ष भानु खवासको सभापतित्वमा आयोजित कार्यक्रममा , महासंघका संस्थापक जिल्ला अध्यक्ष धनबहादुर गोले , कनकाई नगर समन्वय समिति सचिव रोहित भुजेल , जनप्रतिनिधि घनश्याम मैनाली , वलराम राई , लीला थापामगर , गोकुल भुजेल , संचारकर्मी तीर्थराज खरेल , लगायातले आदिवाशी जनजातिहरुलाई राज्यले अझैपनि सम्बोधन गर्न नसकिरहेको वताए । कार्यक्रमको संचालन दिवश राईले गर्नुभएको थियो ।