Kanakai Online

मंसिरमै तीनतहको निर्वाचन सक्यौ ओली


बुधवार, साउन २५, २०७४ |

कनकाई अनलाईन
 
नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरको पहिलोसाताभित्रै तिनओटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई शान्ति समृद्धि र स्थायीत्वको बाटोमा लैजानुपर्ने बताउँनुभएको छ ।
बुधबार झापाको भद्रपुरमा अगुवा कार्यकर्ता भेलामा सम्मोधनगर्दै नेता ओलीले संविधानको कार्यान्वयन र प्राप्त उपलब्धीलाई संस्थागत गर्न समेत निर्वाचन अपरिहार्य रहेकोले त्यसमा जुटन सवैसमक्ष आग्रह समेत गर्नुभएको छ ।
मंसिरमा नभएपनि माघमहिनाभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा एमाले रहको भन्दै यसो हुन नसकेमा मुलुक ठुलो राजनैतिक र संवैधानिक संकटमा फस्ने भन्दै स्थानीय निर्वाचनमा जनताको असाधरण सहभागिता रहेकाले समेत सरकारले यसवेला निर्वाचनमा जानुपर्ने बताउँनु भयो ।
तर सरकार निर्वाचनको माहौल बनाउनको साटो संविधान संसोधनको खेलमा लागीरहेको भन्दै सरकारले यसवेला संसोधनको बखेडा झिक्ने कुनै काम नभएको भन्दै प्राथमिकता दिने कुरामा भन्दा अन्य वहानावाजीमा सरकार अल्मलिरहेको आरोप लगाउनुभयो ।
उहाँले झापाको मेचीनगर नगरपालिका , गौरादह नगरपालिका , बुद्धशान्ति गाउँपालिकामा एमालेका आफनै कार्यकर्ताले अन्र्तघातका कारण पार्टी चुनावमा हारेको भन्दै त्यस्ता कार्यकर्ताको पहिचान गरिसकिएको बताउँनुभयो । ओलीले कांग्रेस र र माओवादी पार्टी देश र जनताको पक्षमा नरहेको भन्दै एमालेको बहुमतमा मात्रै देशले निकास पाउने वताउँनुभयो ।