Kanakai Online

कैदी महिलाको मृत्यु


बुधवार, साउन २५, २०७४ |

कनकाई अनलाईन
। झापा कारागारमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ ।
हर्जुनधारा २ निवासी ६५ वर्षिय तारादेवि ऋषिदेवको उपचारका क्रममा मेची अंचल अस्पताल भद्रपुरमा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विसं २०७१ साल चैत्र ८ गते लागुऔषध मुद्धामा दोषी ठहर गरेपछि उनलाई अदालतले २ वर्ष कैद र एकलाख रुपैँया जरिमानाको सजाय तोकेको थियो । कैद पुरा गरेपनि जरिमाना तिर्न नसकेपछि उनलाई थप चारवर्ष कैद सजाय तोकिएको थियो ।