- कनकाई अनलाईन ।
धेरैलाई लाग्दो हो टिभी तथा पत्रपत्रिकामा नियमित पढन तथा देख्न सकिने यो शेयर कारोवार तथा शेयर दलाल भनेको के होला ?
यसबाट कसरी लाखौँ कमाउन सकिएला ? यी र यी जस्ता दर्जर्नौ जिज्ञासाहरुको समाधानका लागि आज सुरुङ्गामा एकदिने शेयर शिक्षा बारेको तालिमको आयोजना गरिएको छ ।
कनकाई उद्योग वाणिज्य संघको आयोजना तथा शेयर सम्बन्धि काम गर्दै आइरहेको श्री हरि सेक्युरिटीज प्रालिको सहजीकरणमा कनकाई नगरपालिका क्षेत्रका शेयर कारोवारमा चासो राख्ने तथा आउन चाहनेहरुका लागि यो तालिमको आयोजना गरिएको हो ।
कनकाई नगरपालिका क्षेत्रका शेयर कारोवारका वारेमा चासो राख्ने व्यावसायी तथा कर्मचारीलाई लक्षित गरेर तालिमको आयोजना गरिएको आयोजक संस्था कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो ।
तालिमको उदघाटन गर्दै कनकाई नगपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नेपाली अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुर्याएको शेयर कारोवारले अव कनकाई नगरपालिकाको अर्थतन्त्रमा समेत महत्वपुर्ण योगदान दिने बताउँनुभयो । उहाँले शेयर कारोवारका वारेमा बुझनुसमेत प्रत्येक सचेत नागरिकको कतव्य भएको वताउँनुभयो ।
तालिममा श्री हरि सेक्युरिटीजका प्रशिक्षक दामोदर निरौला , चन्द्र चौम्लागाँई संचालक राजु उप्रेती , शेयर विश्लेषक पियुस खेतान लगाँयातले शेयर कारोवार र यसका जोखिम तथा खरिदविक्रीका वारेमा जानकारी दिनुभएको थियो ।
कनकाई नगरपालिका क्षेत्रका शेयर कारोवारका वारेमा चासो राख्ने व्यावसायी तथा कर्मचारीलाई लक्षित गरेर तालिमको आयोजना गरिएको आयोजक संस्था कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिनुभयो ।
यसप्रकारको कार्यक्रम कनकाई नगरक्षेत्रमै पहिलो पटक गरिएको कनकाई उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण चुडालले बताउँनुभयो । कार्यक्रममको संचालन आयोजक संस्था कनकाई उद्योग वाणिज्य संघका महासचिव सोमनाथ उप्रेतीले गर्नु भएको थियो ।