कनकाई अनलाईन ।
२१ साउन, चितवन । चितवनका भरतपुरमा जारी मतगणनामा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको अग्रता दोहोरो अंकमा झरेको छ । देवीको माओवादीकी उम्मेद्वार रेणु दाहालसँगको मातान्तर अहिले ७६ मतमा झरेको छ ।
वडा नम्बर १९को गणना सुरु भएपछि लगातार घटिरहेको देवीको अग्रता ओरालो लागिरहेको छ । अब रेणुभन्दा देवी ७६ मतले मात्रै अघि छन् ।
२० नम्बर वार्डको अर्झै २ हजार मत गन्न बाकी छ । यो वार्डमा १२ सय मत गन्दै रेणुले मतअन्तर ७६ मा झारेकी हुन यो वार्डमा यहि अनुपातमा मत आएका माओवादी केन्द्रकी रेणु दाहालले ५ सय मतले चुनाव जित्छिन ।
भरतपुरको चुनावपछि मतगणनाका क्रममा माओवादी कार्याकर्ताले १९ नम्बर वडाको मतपत्र च्
यातेपछि फेरि मतदान गरेर मतगणना भइरहेको हो ।
अब २० नम्बर वडाको करिब २ हजार मत गन्न मात्रै बाँकी छ ।