Kanakai Online

भरतपुर मतपरिणाम रेणु जितको नजिक


शनिवार, साउन २१, २०७४ |

 
 
चौविस सय १०मतपरिणाम अनुसार,
नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको मत स् ४१७७४
माओवादी केन्द्र कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको मत स् ४१५०३
 
भरतपुर महानगर १९ को पछिल्लो मतगणना परिणाम अनुसार मेयरका उम्मेदवार रेणु दाहालले प्रतिष्पर्धी देवी ज्ञवालीसँग मतान्तर घटाएकी छिन् । वडा नं१९ मा खसेको २८ सय ७० मत मध्ये २४ सय १० मत गणना हुँदा नेकपा एमालेबाट प्रमुखका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ४१ हजार ५ सय ३ मत ल्याएकी छिन् । अब वडा नं १९ मा ४ सय ६० मत गणना हुन बाँकी छ ।
यस्तै उप प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार पार्वती शाहले ४५ हजार ३ सय ९८ मत प्राप्त गरेकी छिन् । यस्तै एमालेकी दिब्या शर्माले ३८ हजार ४ सय ३४ मत ल्याएकी छिन् ।
वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले १२ सय ६५ मत ल्याएका छन् भने एमालेका वडा अध्यक्षले ८ सय ९८ मत ल्याएका छन् । यस्तै माओवादी केन्द्रका वडा अध्यक्षले ६६ मत ल्याएका छन् ।
२४ सय १० मतगणना हुँदा २५ मत बदर भएको थियो भने २३ सय ८५ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ ।
गएराती देखि ४ स्थान बनाएर मतगणना शूरु गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार कुनै किसिमको समस्या आउन नदिनका लागि तार ( जालीले बेरिनुका साथै सीसी टिभीको निगरानीमा राखिएको छ । मतगणनास्थलमा तीन वटा र बाहिर दुई वटा सिसी क्यामेरा समेत जडान गरिएको छ ।