Kanakai Online

रेणुले भत्काईन ज्ञवालीको मत


शनिवार, साउन २१, २०७४ |

भरतपुर महानगरपालिका १९ नम्बर वडाको २ हजार मत गनिसक्दा देवी ज्ञवालीले अघिल्लो पटक पाएको मत पनि सबै सुरक्षित गर्न नसकेको देखियो भने रेणु दाहालले कांग्रेसका ‘रूष्ट’ मत र एमालेका पनि केही मत तानेको देखिएको छ।
माओवादी केन्द्रका कार्यकर्ताले मत पत्र च्यात्नुअघि अघिल्लो पटक गणना भइसकेका १८ सय मतमा रेणु दाहालले ७९२ मत पाएकी थिइन् भने देवी ज्ञवालीले ६६१ मत पाएका थिए। त्यो बेला नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार कणबहादुर गुरूङले ८ सय १८ मत ल्याएका थिए भने एमालेका उम्मेद्वार प्रकाश तामाङले ६ सय ५५ र माओवादीका उम्मेद्वार खड्गबहादुर गुरूङ १ सय ३५ मत ल्याएका थिए।
कांग्रेस र माओवादीका वडाध्यक्षको मत जोड्दा ९सय ५३ हुन्छ। जब कि रेणुले १८ सय मत गन्दा ७ सय ९२ मत मात्र ल्याएकी थिइन्। यसको अर्थ वडाध्यक्षमा कांग्रेस र माओवादीलाई मत हालेका १६१ मतदाताले रेणुलाई मत दिएका थिएनन्।
बैशाख ३१ को चुनावमा वडा नम्बर १९ को १८ सय मत गन्दा देवी ज्ञवालीले पाएको मत र वडाध्यक्षका एमाले उम्मेद्वारले पाएको मत लगभग बराबर छ। १८ सय मतमा ज्ञवालीले ६ सय ६१ मत पाएका थिए भने वडाध्यक्षका उम्मेदवार तामाङले ६ सय ५५ मत पाएका थिए।
यसको अर्थ कांग्रेसको वडाध्यक्षलाई मत दिएका कतिपय मतदाताले देवी र रेणु दुवैलाई भोट दिएका थिएका थिएनन्।
यसपाली भने कांग्रेसका ती रूष्ट मत मात्र रेणुले आफ्नो पक्ष फर्काइनन् एमालेका पनि केही मत तानिन्। यसरी उनले २ हजार मत गन्दा ११३८ पुर्या्इन्। देवीले भने २ हजार मत गन्दा ६ सय ९२ मत पाएका छन्। जबकी अघिल्लो पटक १८ सय मत गन्दानै देवीले ६६१ मत पाएका थिए।
यसरी रेणुले १९ नम्बर वडामा यसपालीको मतदानमा आफ्नो पक्षमा मत धेरै मत बढाएको भए पनि यो वडाको मत गनिसक्दा उनले देवीसँगको अन्तर पूर्ति गर्न भने सस्ने छैनन्। १९ नम्बर वडाको मत गन्नुअघि देवी र रेणुको अग्रता ८६४ थियो। अहिले २ हजार गनिसक्दा यो अन्तर ४१८ मा झरेको छ। अब १९ नम्बर वडाको ८ सय मात्र मत गन्न बाँकी छ।
अहिलेकै अनुपातमा हेर्ने हो भने ८०० मत गनिसक्दा रेणुले आफ्नो मतान्तर थप १५० जतिले घटाउनेछिन्। त्यसको अर्थ १९ नम्बरको मत गणना सकिँदा देवीको अग्रता २००(१५० मा झर्न सक्नेछ।
यो अन्तर पनि पूर्ति गरेर जित्नका लागि रेणुले २० नम्बर वडामा भर पर्नुपर्नेछ। २० नम्बर वडाको मत अघिल्लो पटक पनि गनिएको थिएन। त्यो वडामा कसको कति मत छ भन्ने थाहा छैन। कांग्रेस र एमाले दुबै पार्टीले २० नम्बर वडामा आ(आफ्नो पकड रहेको दाबी गर्दै आएका छन