कनकाई अनलाईन ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी प्रमुखमा मानबहादुर श्रेष्ठ आएका छन ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रनानि जितेन्द्र थापाको धरान सरुवा भएपछि सुरुङ्गाको सुरक्षाको प्रमुखमा श्रेष्ठ आएका हुन । श्रेष्ठ इलाका प्रहरी कार्यालय विर्तामोडबाट सरुवा भएर सुरुङ्गा आएका हुन ।
यसैविच सुरुङ्गा क्षेत्रका जनप्रतिनिधि मेयर राजेन्द्रकुमार पोखरेल ,र यस क्षेत्रका अग्रजविच सुरक्षा व्यावस्थाका वारेमा अन्तरक्रिया आज गरिएको छ । उपमेयर मन्जु प्रसाई , वार्डअध्यक्षहरु रोशनराज पोखरेल , परशुराम गिरी , रुद्रप्रसाद चिमरिया , गोविन्द्र पौडेल , कृष्ण राई , कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल , होटल व्यावसायी संघका अध्यक्ष होमप्रसाद विमली , वजार व्यावस्थापन समितिका अध्यक्ष देवि खरेल , महिला नेतृ सीता बस्नेत लगायातले सुरुङ्गा क्षेत्रका सुरक्षा चुनौतीहरुका वारेमा बोलेका थिए ।
सहभागिहरुले कनकाई नदिहुर्दै वढदो काठ चोरी , वर्खाका वेला हुने दैवि प्रखोप लगायातका वारेमा वोलेका थिए । कार्यक्रममा यस क्षेत्रका राजनैतिक दल , समाजसेवी , उद्योगी व्यावसायी संघ संस्थाका प्रतिनिधि लगायातको सहभागिता रहेको थियो ।