कनकाई अनलाईन ।
बिर्तामोड–१ स्थित साना–मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि.ले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेको छ ।
संस्थाको कार्यालयमा आज शनिबार आयोजित कार्यक्रमकाबीच अध्यक्ष देवी निरौला बस्नेतले पत्रकार महासंघका उपाध्यक्ष तथा उपचार कोषका संयोजक एकराज गिरीलाई उक्त रकम प्रदान गरिन् ।
सहयोग हस्तान्तण गर्दै अध्यक्ष बस्नेतले आफ्नो जीवन नै जोखिममा राखेर पत्रकारिताको धर्म निर्वाह गर्ने पत्रकारको उपचारका लागि सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।
उनले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताइन् । एक करोड रुपैयाँको उपचार कोष बनाएर त्यसको ब्याजबाट पत्रकारको उपचारमा खर्च गरिने महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईले बताए ।
कोषमा हाल २८ लाख रुपैयाँ बढी रकम जम्मा भइसकेको छ । रकम संकलन हुनेक्रम जारी छ ।
२०६८ साल असार १४ गते स्थापित साना मझौला व्यवसायी सहकारीमा हाल तीन हजार बढी सेयर सदस्य छन् भने साढे तीन करोड सेयर पूँजी रहेको संस्थाका सचिव चन्द्रकुमार भट्टराईले बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष रामलोचन न्यौपानेसहित पदाधिकारी सदस्य तथा कर्मचारीहरुको उपस्थिति थियो ।