Kanakai Online

नर्वदेश्वरमा शिवालयको अध्यक्षमा सुलोचना


बिहिवार, साउन १९, २०७४ |

 
कनकाई अनलाईन ।
नर्वदेश्वर शिवालय संरक्षण समितिको अध्यक्षमा शुलोचना ओली सर्वसम्वत रुपमा चयन भएकी छन् ।
विगत लामो समयदेखी उक्त समितिको विभिन्न पदमा रहेको आफ्नो जिम्मेवारी सक्रियतापूर्वक वहन गर्दै अघिल्लो समितिमा उपाध्यक्षमा रहेर काम गरि सकेकी उनेल राधाकृष्ण कृतन मडली जस्तो धार्मिक संस्थामा अध्यक्षको पद समेत सम्माली सकेकी ओली धार्मिक क्षेत्रमा एक सक्षम नारीको रुपमा चिनिदै आएकी छिन् ।
शनिबार कनकाई नगरपालिका वडा नं.–१ को नर्वदेश्वर शिवालय मन्दिरको परिसरमा सम्पन्न १७ औं साधारणसभा तथा चौथो अधिवेशनवाट उनको नेतृत्वमा आगामी ३ वर्षे कार्यकालको लागि ११ सदस्यीय समिति चयन गरिएको हो ।
त्यस्तै उपाध्यमा शकुन्तोला खत्री, सचिवमा खगेन्द्र बराल, सहसचिवमा कुमारप्रसाद खरेल र कोषाध्यक्षमा पूर्णप्रसाद सिटौला चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा विष्णुप्रसाद ओली, बलबहादुर भुजेल, रामप्रसाद चापगाई, ज्ञाननाथ घिमिरे र हिमा अधिकारी चयन भएका छन् ।
१७ सदस्यीय समितिको बाकी ६ सदस्यहरु कार्यसमितिले मनोनित गर्ने जनाइएको छ । ऋषिकेश खतिवडाको संयोजकत्वमा शिक्षासेवी अनिरुद्र ओली, गीता पुरी, दिननाथ खतिवडा र पे्रमप्रसाद अधिकारी समेतको ५ सदस्यीय निर्वाचन समितिले यसको सहजीकरण गरेको थियो ।
कार्यक्रम कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नर्वदेश्वर शिवालय संरक्षण समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति रुद्रप्रसाद बोहोराले संस्थाको प्रगती प्रतिवेदन र कोषाध्यक्ष ईन्द्रप्रसाद अधिकारीले आय–व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जामुनावारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पर्शुराम गिरी, कनकाई विहानी क्लबका अध्यक्ष मनोज बस्नेत, दानवीर व्यक्तित्व उमाप्रसाद सिटौला, ददीराम पोखरेल, अर्जुन गिरी, गीता अधिकारी लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव ज्ञानबहादुर रायमाझीले गरेका थिए ।

सम्बन्धित खबर