कनकाई संवाददाता ।
फोहोर मैला व्यवस्थापन सम्वन्धि सचेतनामूलक दुई दिने कार्यशाला गोष्ठी सोमवार सुरुङ्गामा सम्पन्न भएको छ ।
गोष्ठीमा फोहोर व्यवस्थापन गर्नु पर्ने कारण र यसको न्युनिकरणको उपायका वारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । गोष्ठीवाट प्रत्यक्ष रुपमा कनकाई नगरका वजार क्षेत्रहरु सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर, चम्पापुर, घैलाडुवा वजारका व्यवस्थापन समिति र आसपासका केही गरी ५० जना भन्दा वढी लाभान्वीत भएका थिए ।
गोष्ठीलाई सम्वोधन गर्दै कनकाई नगरपालिकाका नवनिर्वाचित प्रमुख राजेन्द्र पोखरेलले फोहोर मैला व्यवस्थापनको जिम्मेवारी व्यक्ति स्वयंको भएकाले फोहोरमैलाको स्रोतको पहिचान गरी मुहानवाटै फोहोरको उत्पादनलाई कम गर्नु पर्ने तर्फ जोड दिएका छन्
स्वच्छ,सफा र हरीत कनकाई नगर निर्माणका लागि हरेक व्यक्तिले कसैको मुख नहेरी दिगो व्यवस्थापनका लागि संगठित वन्नु पर्ने तर्फ जोड दिँदै नगर प्रमुख पोखरेलले फोहोरलाई मोहोरमा वदल्ने नगरपालिकाको योजनालाई सफल वनाउँने कार्यमा सहकार्य गर्न सवैलाई अनुरोध गरेका छन् । गोष्ठीमा सहभागीका तर्फवाट लिखित रुपमा आएका सुझावलाई संकलन गरीएको थियो ।
प्रयास प्रारम्भ प्रा.ली.ले आयोजना गरेको गोष्ठीको प्रा.ली.का आकाश श्रेष्ठ, लोकप्रिय खनाल र कनकाई नगरपालिकाका कार्यक्रम संयोजक उमानाथ ढकालले सहजीकरण गरेका थिए ।
सुरुङ्गा सहकार्य युवा क्लवको संयोजन र कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा कनकाई नगरका कार्यकारी अधिकृत खगेन्द्र गिरी, नगरकी नवनिर्वाचित उपप्रमुख मन्जु प्रसाई को विशेष आतिथ्यता रहेको थियो ।
वाल संजाल कनकाईका अध्यक्ष नविन गौतमले स्वागत गरेको औपचारिक कार्यक्रमको संचालन राजकुमार कट्टेलले गरेका थिए ।