कनकाई अनलाईन
। दोस्रो चरणको नतीजा आए लगत्तै पूर्ब क्षेत्रको भ्रमणमा आइपुग्नु भएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले झापामा एमालेले चुनाबमा हराउनेलाई निर्ममतापूर्बक कारबाही गरिने बताउनु भएको छ ।
एमाले झापाको आयोजनामा निर्बा्चित प्रतिनिधीलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा आइतबार बोल्दै अध्यक्ष ओलीले झापाका गौरादह, बुद्धशान्ति, मेचीनगरमा एमाले हान्नुपर्ने र कमलमा गोला हान्नुपर्ने परिस्थिती निम्त्याउने एमालेहरुलाई कारबाही गरिने चेताबनी दिनुभयो ।
उहाँले भन्नुभयो, सधै जित्ने ठाउँमा एमाले किन र कसरी हार्यो मलाई ७ दिनमा स्प्रष्टिकरण चाहिन्छ ।
उहाँले थप्नुभयो, सधैभरी एमाले हुने र मतदान केन्द्रमा गएर रुखमा भोट हाल्ने मान्छे एमाले हुन सक्दैन । त्यस्ता मान्छेको एमालेमा काम छैन ।
ओलीले कम्युनिष्टको गढमा एमाले हार्ने कारणको खोजी गर्न पनि निर्देशन दिनुभयो । उहाँले जनताले काँग्रेसलाई किन मत दिइरहेका छन् भन्नेकुरा आफुले थाहा नपाएको बताउनु भयो ।