Kanakai Online

मृगौला पारिवारिक सल्लाहमै झिकिएको मनमोहनको जिकिर


बिहिवार, असार २२, २०७४ |

काठमाडौं–मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले नुवाकोटका शिव प्रसाद रिमालको उपचारमा कुनै लापरबाही नभएको दाबी गरेको छ ।
लापबाहारीबारे चौतर्फी आलोचना भइरहेको बेला अस्पतालका प्रशासक रामप्रसाद गजुरेलले एक विज्ञप्ति जारी गर्दै अस्पतालले पत्थरी झिक्नुपर्नेमा मिर्गौला झिकेको भनि प्रकाशित–प्रशारित समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा पत्थरीको अपरेशन गर्ने क्रममा मिर्गौलाको शल्यक्रिया भएको भने साँचो भएको उल्लेख गरिएको छ । तर, पत्थरीको शल्यक्रियाको क्रममा मिगौलाबाट रगत बगेर बिरामीको ज्यानै जान सक्ने खतरा रहेपछि परिवारकै सहमतिमा मृर्गौला झिकिएको उल्लेख गरिएको छ ।
‘बिरामीको दुबै मिर्गौलामा पत्थरी भएकादे देब्रे मृर्गौलाको २ सेन्टिमिटर लम्बाईको पत्थरी निकाल्ने तयारी हुँदा परीक्षणबाट उक्त मिर्गौला सामान्य अवस्थामा भन्दा तल मुत्रथैलीको नजिकमा रहेको देखिँदा निज विरामीको सीटी स्क्यान र आईभीयु गरी स्वास्थ्य परीक्षण गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ,
‘अपरेशन अघि नै बिरामी र बिरामीका आफन्तलाई अपरेशन जटिल र जे पनि हुन सक्ने भनि सम्झाएको भवितब्य परी केहि भएमा दोष दिने छैनौं भनि बिरामी र विरामीका आफन्तले सहि गरेको प्रष्ट छ । त्यसपछि अपरेशन गर्दा असामान्य स्थानमा रहेको मृर्गौलाबाट अत्याधिक रक्तश्राव भई ज्यानै जानसक्ने परिस्थितिको सिर्जना भई अनेक उपलब्ध वैज्ञानिक उपाय गर्दा पनि रगत नरोकिएकाले परिवारकै सहमतिमा मिर्गौला झिकिएको हो ।’
विज्ञप्तिमा अपरेशनमा संलग्न डाक्टर गुणकुमार श्रेष्डले नै परिवारसँग कुराकानी गरेको पनि उल्लेख छ ।
अस्पतालले बिरामीको झिकिएको मृर्गौला आफूसँग सुरक्षित रहेको उल्लेख गर्दै बिरामीका आफन्तहरुले अस्पताल प्रशासनसँग केहि माग प्रस्तुत गरेको र सोहि अनुसार माग पूरा गरिदिएको पनि उल्लेख गरिएको छ ।
तर हाल फेरि नयाँ व्यक्तिहरु आई नयाँ माग राखेको आरोप लगाउँदै अस्पतालले अनेकन धम्की दिएको समेत दाबी गरेको छ ।
यसैबीच मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएको भन्दै रिमालले भने न्यायका लागि अपिल गरेका छन् ।
बिरामीले आफ्नो मिर्गौलाको अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने आरोप लगाउँदै त्यसका लागि न्याय दिलाउन सबैसामु सहयोग गर्न अपिल गरेका हुन् ।
एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल कोखामा अत्यधिक दुखाई भएपछि गत जेठ २२ गते उपचारका लागि सो अस्पतालमा गएका थिए ।
चिकित्सकले सबै जाँच गरेपछि मिर्गौलामा पत्थरी छ झिक्नुपर्छ भनी भर्ना गरेर २५ गते शल्यक्रिया गरेको थियो रिमालले भने, ‘पत्थरी झिक्दा मिर्गौला पनि झिकिएको रहेछ, मलाई थाहा भएन, म अचेत हुँदा मेरी श्रीमतीलाई कर गरेर छ बुँदे सम्झौता भएको रहेछ, मैले डिस्चार्ज भएर घर गएपछि मात्र थाहा पाए ।’
बिरामी रिमालले सो सम्झौता आफूलाई मान्य नहुने भन्दै पत्थरी झिक्नुअगाबै मिर्गौला झिक्नेबारे केही जानकारी नदिनुका कारण माग गर्दै न्यायालय जाने बताएका छन् । उनले सोबारेको उजुरी जिप्रका काठमाडौंमा दर्ता गराउन खोजेपछि प्रशासनले मानेको छैन ।
के छ सम्झौतमा रु
अस्पतालले बिरामीसँग गरेको सम्झौतामा दुवै मिर्गौला पत्थरी रहेको र बायाँतर्फको मिर्गौलामा असामान्य रहेकाले शल्यक्रियाका क्रममा अचानक आन्तरिक रक्तश्राव भएपछि अनेक प्रयास गर्दा पनि रक्तश्राव बन्द नभएपछि ज्यान बचाउन मिर्गौला झिक्नुपरेकाले बिरामीको आफन्तको सहमति रहेको भनी उल्लेख गरेको छ ।
मिर्गौला झिक्नुका कारण आन्तरिक रक्तश्राव भनिए पनि अस्पताल र बिरामीका आफन्तबीच भएको छ बुँदे सम्झौतामा बिरामीलाई अर्को मिर्गौला फेर्नुपर्ने भए फेरिदिने, जीवनभर उपचार निःशुल्क गर्ने, हालसम्म लागेको औषधिलगायतका सम्पूर्ण उपचार शुल्क मिनाहा गर्ने, बिरामीका दुई छोराको स्वास्थ्य र शिक्षाको निःशुल्क व्यवस्था गर्ने, बिरामीको श्रीमती र बिरामीलाई पनि निको भएपछि सोही अस्पतालमा रोजगारीको व्यवस्था गर्ने र बिरामीको जीवन बिमा गरिदिने विषय उल्लेख छ ।
गत जेठ २८ गते सम्झौता भएको पत्रमा मिति उल्लेख भए पनि बिरामीका श्रीमती रन्जु रिमालले भने सम्झौतापत्रमा असार ४ गते मात्र हस्ताक्षर भएको बताइन् ।
उनले भनिन्, ‘शल्यक्रिया भएपछि मिर्गौला पनि झिकिसकेको रैछ, असार ४ गते मात्र ८, ९ जनाले घेरेर तपाईको श्रीमान्को मिर्गौला झिकेको छ, यो सम्झौतामा हस्ताक्षर गर्नुस् नत्र बिरामीको ज्यान जान्छ भनेर त्यो बेला क्यै थाहा भएन, हस्ताक्षर गरेँ, समय किन अघि सारेका हुन् भन्ने पनि त्यो बेला ख्याल भएन ।’
बिरामीले रिमालले डिस्चार्ज भएपछि पनि ४ पटक अस्पताल प्रशासनसँग आएर बुझ्दा सञ्चारमाध्यममा गए सबै सम्झौता रद्द हुने चेतावनी दिएको यसअघि नै बताइसकेका छन् ।
चिकित्सकको चरम लापरवाहीका कारण बिरामीको स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्दै बिरामी पक्षले रु पचास लाखको क्षतिपूर्तिसहित जीवन बीमालगायतको माग राखी अस्पताल प्रशासनमा निवेदन दिएका छन् ।
 

सम्बन्धित खबर