Kanakai Online

शिवसताक्षी नगरपालिकामा एमाले विजयी


बिहिवार, असार २२, २०७४ |

 
कनकाई अनलाईन
। झापाको शिवसताक्षी नगरपालिकाको मेयर उ उपमेयर दुवैमा नेकपा एमालेका उम्मेद्धार विजयी हुनुभएको छ ।
मेयरमा एमालेका चन्द्रकुमार शेर्माले १४ हजार ६ सय ८४ मत ल्याउनुभयो ।
उहाँका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका परशुराम ढुङ्गानाले जम्मा ९ हजार ८ सय ५६ मत मात्रै ल्याउनुभयो । यसैगरी उपमेयरमा समेत एमालेकी भोजकुमारी नेपालले १४ हजार ९ सय ६० मत ल्याएर विजयी हुनुभयो ।
उहाँकी निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उपमेयरकी उम्मेद्धार जयकुमारी चेम्जोङ्गले ९ हजार ३ सय २४ मत ल्याउनुभयो ।
शिवसतासी–८ डुडामारी बजारमा स्थाई वसोबास गर्नुहुने शेर्मा हाल नेकपा एमाले झापाको सल्लाहकार कमिटि सचिव हुनुहुन्छ ।
डुडामारीस्थित सृजना खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शेर्मा दर्जन वढी सामाजिक संघसंस्थाहरुमा आवद्ध हुनुहुन्छ ।
त्यस्तै, उपमेयरमा विजेता नेपाल शिवसतासी–११ मा वसोबास गर्नुहुन्छ । दुधे सामुदायीक प्रहरी संस्थाकी अध्यक्ष नेपाल नेकपा एमाले जिल्ला कमिटि सदस्य हुनुहुन्छ ।
यो परिणाम सगै १५ स्थानीय तह रहेको झापामा नेकपा एमालेले ४ नगरपालिका सहित ५ स्थानमा विजयी भएको छ भने नेपाली कांग्रेस १ नगरपालिका सहित ३ ३ स्थानमा तथा राप्रपा ३ गाउँपालिकामा विजयी भइसकेको छ भने हालसम्म मतगणना भइरहेको मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा नेपाली कांग्रेस र अर्जुनधारा र दमक नगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ ।