Kanakai Online

भद्रपुरमा एमाले भारी मतले विजयी / सिटौला आधार इलाकामा निल


बिहिवार, असार २२, २०७४ |

 
कनकाई अनलाईन
अन्तत . कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको आधार इलाकामा राप्रप्रा र एमालेले आफ्नो विजयी भण्डा गाडेका छन् ।
झापाको सदरमुकाम भद्रपुर नगरपालिकामा समेत मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेद्धार भारी मत अन्तरले विजयी भएका छन् ।
भद्रपुर नगरपालिकाको मेयरमा एमालेका जीवनकुमार श्रेष्ठले ११ हजार ४२ मत ल्याउर्दै विजयी हुनुभएको छ । उहाँकी निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गणेश पोखरेलले ७ हजार २ सय १६ मत ल्याउनुभएको छ । श्रेष्ठले कांग्रेसका पोखरेललाई ३ हजार ८ सय ३६ मतले हराउनुभएको छ ।
उपमेयमा समेत एमालेकी चन्द्रा श्रेष्ठले १० हजार ६ सय ५० मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी प्रतिद्धन्द्धी कांग्रेसकी तारा भुर्तेलले ६ हजार ४ सय ९८ मत ल्याउनुभएको छ । श्रेष्ठ समेत ४ हजार १ सय ५२ मत अन्तरले विजयी हुनुभएको हो ।
त्यसैगरी माओवादी केन्द्रका शिवकुमार राजभण्डारी ४ हजार १ सय ३४ मत प्राप्तगरी तेस्रो स्थानमा रहन सफल भए भने राप्रपाका नवराज पनेरुले २ हजार ८ सय २२ मत प्राप्त गरेर चौथो स्थान लिन सफल भए । यसैगरी स्वतन्त्र दुर्गाप्रसाद भट्टराईले ३ सय ८० मत प्राप्त गरेर पाँचौं स्थान सुरक्षि गरे भने संघीय समाजवादी फोरम नेपालका शत्रुधन चौधरीले ३ सय २६ मत ल्याए भने काँग्रेसका बागी उम्मेद्वार जगदिश काफ्लेले ४३ मत बटुलेका छन् ।
यो सगै कांग्रेस नेता सिटौला आफ्नो आधार क्षेत्रमै स्थानीय तहमा नराम्ररी पराजित हुनपुग्नुभएको छ । नेता सिटौलाले आफुले मतदान गर्नुभएको भद्रपुरको वार्डनम्बर १० मा समेत एमालेका टेकबहादुर खड्का काजीको प्यानलै विजयी भएको छ ।
भद्रपुर नगरपालिकाका जम्मा १० वार्डमध्ये एमालेले सर्वाधिक ७ वडामा विजय हासिल गरेको छ भने कांग्रेसले २ वार्ड र माओवादी केन्द्रले १ वार्डमा विजयी बनेको छ ।

सम्बन्धित खबर