कनकाई अनलाईन
। राष्ट्रिय प्रजातन्त्र पार्टी स्थानीय तहको निर्वाचनमा झापामा ३ स्थानमा विजयी हुदैँ झापामा तेस्रो शक्ति बनेको छ ।
कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रका दुई गाउँपालिमा तथा गौरीगंन्ज गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको राप्रपा झापामा एमाले , कांग्रेस पछि झापामा तेस्रो शक्ति बनेको हो ।
राप्रप्राले पछिल्लो पटक गौरीगंज गाउँपालिकाको अध्यक्षमा बाबुराजा श्रेष्ठले ३ हजार ७ सय ४० मत ल्याएर विजयी बन्नुभयो । उहाँका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी फुलवती राजवंशीले ३ हजार ४ सय ५३ मत ल्याउनुभयो । यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका दिपेन्द्र थापाले ३ हजार ४ सय १४ मत ल्याएर विजयी हुनुभयो । उहाँकी प्रतिद्धन्द्धी नेकपा एमालेकी मोनिका राईले २ हजार ८ सय १७ मत ल्याउनुभएको छ । ६ वटा वडा रहेको गौरीगन्ज गाउँपालिकामा ४ वडामा कांग्रेस र माओवादी केन्द्र र एमाले समान १÷१ वडामा विजयी भएका छन् ।
यसअघि झापाकै हल्दीवारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका रविन्द्र लिङ्देनले ३९४३ मत ल्याउदै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित हुनुभएको छ भने नेपालकै होचो क्षेत्र कचनकवल गाउँपालिकामा समेत राप्रपाका अध्यक्ष र उपाध्यक्षकै उम्मेद्धार अध्यक्षमा राप्रप्राका उम्मेद्धार अन्जार आलम
उपाध्यक्षमा राप्रपाकी निनासरी राजवंशी विजयी हुनुभएको छ । १५ स्थानीय तह रकेको झापमा राप्रप्राले ३ स्थानमा विजयी हुदै झापामा तेस्रो शक्ति बनेको छ भने हाल सम्मको मतपरिणाम हेर्दा झापामा एमाले पहिलो र कांगेस दोस्रो बनिसकेको छ । माओवादी केन्द्रले झापाका केहि वार्डमा विजयी बनेपनि कुनैपनि गाउँपालिका तथा नगरपालिकामा विजयी हुन तथा अग्रता बनाउन समेत सकेको छैन् ।