गौरादह । गौरादह नगरपालिकामा कांग्रेस उम्मेदवार रोहितकुमार शाह मेयरमा निर्वाचित भएका छन् । उनले १० हजार ३ सय ८ मत प्राप्त गरे ।
गौरादह एमाले सांसद् दिपक कार्कीको क्षेत्र हो ।
शाहका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मदन अधिकारीले ९ हजार ८ सय ५४ मत पाए ।
नगरको उपमेयरमा १० हजार ६ सय २० मत ल्याउँदै एमालेकी उम्मेदवार गीता भेटवाल विजयी भइन् ।
उनकी निकटम प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार सुमित्रा खरेल ढुंगानाले ७ हजार ९ सय ११ मत ल्याएकी छिन् ।