कनकाई समाचारदाता
। स्थानीय तहको निर्वाचनमा सहभागि भएर पराजित हुने उम्मेद्धारहरुले यहाँ मतदाताको घरमा घरदैलो थालेका छन् ।
चुनावी परिणाम सार्वजनिक भएर विजयी हुने उम्मेद्धारहरुले बधाई शुभकामना थापिरहेको वेला यहाँ पराजित हुने उम्मेद्धारले पत्रपत्रिका , एफएममा मतदातालाई कृतज्ञता छपाएर तथा उम्मेद्धारहरु घरघरै गएर मतदातालाई धन्यावाद दिइरहेका छन् ।
कनकाई नगरपालिकामा ३ नम्बर वार्डमा एमालेबाट वार्डअध्यक्षमा पराजित उम्मेद्धार खेमनाथ मिश्र मतपरिणाम सार्वजनिक भएको विहानै आफ्नो वार्डमा घरघरै धन्यावाद प्रदान गर्दै विजय र्याली निकाल्नु पहिलेनै आएपछि मतदाताहरु छक्क परेका थिए ।
पराजित हुने मिश्र मात्रै नभएर हाल मतपरिणाम सार्वजनिक भएका सवै वार्ड तथा गाउँ पालिका तथा नगरपालिकाका पराजित उम्मेद्धारहरु चुनाव जित्न नसकेपनि जनताको मन जितेको भन्दै घरघरमा हिडिरहनुभएको छ ।पहिले मत माग्दै आउने उम्मेद्धारहरु अहिले भने चुनाव हारेपनि आफुले गाउँघरम ागर्ने मद्धतमा कुनै कमि हुन नदिने भन्दै घरदैलो गरिरहेका छन् । यसरी निर्वाचन पछि घरदैलो गर्ने हरुमा दलका पराजित उम्मेद्धार तथा स्वतन्त्रका उम्मेद्धार समेत रहनुभएको छ ।
पछिल्लो समय जितहार भन्दापनि दलका उम्मेद्धारले गर्ने राजनैतिक संस्कार सिकेको भन्दै यसले समाजमा राम्रो राजनैतिक संकार वसालेको वताउँनुहुन्छ स्थानीय बुद्धिजिवि प्रेमप्रसाद अधिकारी ।
यसैगरि कनकाई नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना चुनावी प्रचार सामाग्रीहरु हटाउन सुरु गरेको छ । निर्वाचनका वेला गाउँ , बाटो लगायातका स्थानमा राखिएका पार्टीका झण्डा तथा प्रचार सामाग्री राप्रपाले हटाउन सुरु गरेको हो ।